सरावलमा कृषक समूहलाई कृषि उपकरण वितरण

0
300

परासी ,३० जेठ। नवलपरासीको सरावल गाउँपालिकाद्वारा कृषक समुहलाई कृषि उपकरण वितरण गरेको छ ।किसानहरुको सिचाईको व्यवस्था तथा कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्नका लागि गाउँपालिकाले कृषि उपकरण वितरण गरेको हो ।

सिचांई गर्नको लागि १० कृषक समुहको आबेदन परेकोमा १० वटै कृषक समृहलाई
प्रोत्साहन अनुदान अन्तर्गत ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकास पाैडेलले जानकारी दिनुभएको छ ।

एउटा समुहलाई १ थान पम्प सेट,चकबाल, सेक्सन पाईप र डेलेभारी पाइप लगायतको समाग्री वितरण गरिएको छ ।पम्प सेट हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले किसानहरुलाई कृषि यन्त्रसहित नयाँ आधुनिकिकरणमा लैजानु पर्ने आवश्यक रहेको बताए । किसानहरुले यो कृषि औजारहरुबाट ३० देखि ४० विगहा जमिन खेति गर्न सकिने बताए । पम्पसेटबाट धान, गहुँ, तथा तरकारीखेती लगायत अन्य खेती गरी जीविकोपार्जन गर्न सकिने भएकोले पालिकाले अन्य दिनहरुमा पनि साथ र सहयोग गर्ने प्रतिवद्धता जनाए ।

पम्प सेट लिदै किसानहरु खुशि ब्यक्त गर्दै सिंचाईको समस्यामा रहेका सबै कृषकहरुलाई यस्तै सहयोग गाउँपालिकाले गरे झन राम्रो हुने बताएका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here