शसस्त्र प्रहरीद्वारा तस्करीका मालसामान बरामद

0
291

🔹सहबान अन्सारी/ सन्जय कुश्वाहा-

परासी, ३० जेठ। शसस्त्र प्रहरीले विभिन्न नाकाबाट तस्करीका मालसामान बरामद गरेको छ। नवलपरासीका स्थानीय तस्करहरुले भन्सार छली भारतबाट अबैध रुपमा नेपाल भित्राइरहेको ३ लाख २५ हजार मुल्य बराबरको सर-सामान शसस्त्र प्रहरीले बरामद गरि आवश्यक कर्वाहीकालागी महेसपुर भन्सार पठाएको छ।

सिमामा निगरानी गर्न खटिएका शसस्त्र प्रहरीले जिल्लाको प्रतापपुर गाउँपालिका ५ धर्मौली नाकाबाट अबैध रुपमा ओसारी रहेको १ लाख ५० हजार मुल्य बराबरको कपडा र
सुस्ता गाउँपालिका ५ बन्कट्टीबाट १ लाख ७५ हजार मुल्री बराबरको मल, औषधि र सरसमान बरमद गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक सुमन अधिकारीले जानकारी दिएका छन।

स्थानीय तस्करहरुले लकडाउनको मौका छोपी तस्करीमा बढी केन्द्रित हुँदै गएपछि सशस्त्र प्रहरीले सक्रिया देखाउदै उक्त मालसामानहरु छोप्दै आएको छ ।

नियन्त्रणमा लिएको उक्त सामानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।जिल्लाका सबै सिमानाकाहरुमा सिमा सुरक्षा र कोरोना रोकथाम तथा नियन्त्रणका लागी ब्यापक सुरक्षा कर्मी परिचालन गरी मानिसहरुलाई आवत जावतमा पुर्णरुपमा रोकलगाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here