🔹रमेश भुसाल-
सुनवल, २९ जेठ। पश्चिम नवलपरासीको सुनवलमा पहिलो पटक ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धुलिखेल अस्पतालमा भएको पिसिआर परिक्षणको क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको र संक्रमित सवै पुरुष रहेको सुनवल नगरपालीकाका मेयर भिम बहादुर थापाले जानकारी दिए।
संक्रमित सुनवलको वडा नम्बर १३ का २२ र २८ वर्षका दुई जना, वडा नम्बर १२ का ३९ वर्षका एक जना, वडा नम्बर ९ का २२ वर्षका एक जना, वडा नम्बर ४ का ४५ वर्षका एक जना, वडा नम्बर ११ का २९ वर्षका १ जना रहेका नगर प्रमूख थापाले जानकारी दिए। सुनवल नगरपालीकाले आफै भिटिएम खरिद गरेर १ सय ४३ जनाको स्वाब संकलन गरी पठाएकोमा ६ जना बाहेक सबैको रिपोर्ट नगेटिभ आएको छ।
संक्रमितहरुको स्वास्थ्य अवस्था समान्य रहेको र उनिहरुलाई सुनवल नगरपालीकाले स्थापना गरेको आईसोलेसन सेन्टरमा राखिने सुनवल नगरपालीकाका उपमेयर दधिराम अर्यालले बताए। संक्रमित सबै भारत बाट आएका हुन्। आज भेटिएका ६ जनासँगै जिल्लामा कोरोना संक्रमितको सङख्या ४३ पुगेको छ।#साभार लोकपाटी डटकम