रामग्राम सहकारीको कोरोना सहुलियत प्याकेज : जरिवाना छुट, लकडाउनमा विना व्याज ऋण

0
299

परासी, २९ जेठ । रामग्राम बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामग्राम–३ परासीले आफ्ना शेयर सदस्यहरुलाई कोरोना राहत प्याकेज दिने निर्णय गरेको छ । संस्थाको आज बसेको सञ्चालक समितिको बैठकले बचत र ऋणको व्याजमा जरिवाना छुटदेखि रु विना व्याज रु पाँच हजारसम्म सापटी दिने गरी कोरोना सहुलियत प्याकेज घोषणा गरेको हो ।

संस्थाका अध्यक्ष जनार्दन ठाकुरका अनुसार कोरोना भाईरसको त्रास र लकडाउनका कारण समयमा बचत र ऋण तथा व्याज तिर्न नसकेका शेयर सदस्यहरुलाई चैतदेखि असार मसान्त सम्मको जरिवाना छुट दिने निर्णय गरेको हो भने दैनिक अत्यावश्यक खर्च जुटाउन समस्या भएका शेयर सदस्यलाई आगामी असार १ गतेदेखि लागू हुने गरी रु पाँच हजारसम्म विना व्याज सापटीको रुपमा ऋण दिने निर्णय गरेको छ ।

यो ऋण लकडाउन अवधिसम्म लिन पाईन्छ भने लकडाउन खुलेको दुई महिना भित्र तिरी सक्नुपर्नेछ । कोरोना भाईरसको जोखिम र लकडाउनका कारण प्रभावित शेयर सदस्यहरुलाई राहत स्वरुप उक्त प्याकेज घोषणा गरिएको अध्यक्ष ठाकुरले बताउनुभयो ।

अध्यक्ष ठाकुरको अध्यक्षता तथा पूर्व अध्यक्ष एवं सल्लाहकार सुमन गोपाल आचार्यको प्रमुख आतिथ्यमा भएको उक्त बैठकले संस्थाका शेयर सदस्य स्व.रामजतन हरिजनको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ । संस्थाले स्व.हरिजनको निधन पश्चात क्रिया खर्च वापत रु दश हजार उहाँका परिवारलाई सहयोग पनि गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here