ट्याक्टर दुर्घटनामा परि चालकको मृत्युु

0
308

🔹नन्दु यादव-

परासी, २8 जेठ। पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा ४बर्दघाटेमा अाज ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालककाे मृत्यु भएकाेे छ।दुर्घटना भयपछि गम्भीर अवस्था मा रहेकाे चालकलाई प्रहरीले पृथ्वी चन्द अस्पताल पठायपछि अस्पतालले मृतकाे घाेषणा गरेकाे सरावल गाउपालिका वडा न ७का वडाअध्यक्ष हेयात खा धुनियाले जानकारी दिनु भयाे ।

मृत्युु हुनेमा चालक सरावल गाउपालिका वडा न ७भुजहवा बस्ने ३०बर्षिय दिनेश यादव रहेकाे बताईएकाे छ। जिल्लाको प्रतापपुर गाँउपालिका वडा नं४काे. बर्दघाटे गाउदेखि देखि बसहिया तर्फ जाँदै गरेकाे लु १त६८८६नम्बर काे ट्याक्टर दुर्घटना भएकाे हाे । ट्याक्टर तिब्र गतिमा रहेकाे बेला अगाडि काे पाङ्ग्राा अचानक पडकेपछि ट्याक्टर अनियन्त्रित हुदा सो दुर्घटना भएकाे ईलाका प्रहरी कार्यालय बेलाटारीले जनाएकाे छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here