महेसपुर, २८ जेष्ठ । नवलपरासीको पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकालाई स्वास्थ्य तथा सुरक्षा सामाग्री प्रदान भएको छ । युनाईटेड मिसन टु नेपालको आर्थिक सहयोग तथा ईन्द्रेणी विकास मन्चको साझेदारी र सुनवल सामुदायिक विकास केन्द्रको आयोजनामा सो स्वास्थ्य तथा सुरक्षा सामाग्री गाउँपालिकाहरुलाई हस्तान्त्रण गरिएको छ । सुनवल सामुदायिक विकास केन्द्रकि अध्यक्ष सपना अधिकारी थापाले पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता र प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मालाई सो सामाग्री हस्तान्त्रण गरेकि हुन् ।
हस्तान्त्रण गरिएको सामाग्रीमा पिपिई सेट ८ थान, थर्मल गन २ थान, ग्लोब्स ३ डब्बा, केएन ९५ मास्क २५ पिस, सर्जिकल मास्क ५ डब्बा, ह्याण्डवाश ४ बोतल, भिरेक्स ५ लिटर रहेको दुबै गाउँपालिकाले जनाएको छ । हस्तान्त्रण गर्ने संस्थाले उक्त सुरक्षा सामाग्रीहरु गाउँपालिकाको अस्पताल, आईशोलेसन सेन्टर, क्वारेन्टाईन र गाउँपालिका कार्यालयमा प्रयोग हुने उद्देश्यले हस्तान्त्रण गरेको बताएका छन् ।
यता यस सुरक्षा सामाग्रीले गाउँपालिकालाई सहयोग पुग्ने र क्रोना रोकथामका लागि खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको मनोबल बढने गाउँपालिका अध्यक्ष गुप्ताले जानकारी दिएका छन् । संस्थालाइ आर्थिक सहयोग प्रताप्त भएपछि बुटवलबाट खरिद गरि उक्त सामाग्रीहरु ति गाउँपालिकाहरुलाई हस्तान्त्रण गरिएको केन्द्रकि अध्यक्ष सपना अधिकारी थापाले जानकारी दिईन् । युनाइटेड मिसन टु नेपालले अाफनाे कार्य क्षेत्रका पालिकालाइ साे सामाग्रीका लागि सहयाेग गरेका हाे ।