नवलपरासीमा लागू औषध सहित २ जना पक्राउ

0
281

🔹जितेन्द्र गुप्ता-

परासी, २८ जेठ। इलाका प्रहरी कार्यालय अमानिगन्ज नवलपरासीले ठुलो मात्रा लागू औषध सहित दुइजनालाई पक्राउ गरेको छ। गस्तीमा खटिएको प्रहरीटोलीले जिल्लाको पाल्हिनन्दन गाउँपालिका २ मुडेराबाट लागू औषध सहित दुइजनालाई पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीलाई बुझाएको छ।

पक्राउ पर्नेमा रामग्राम नगरपालिका ७ उजैनी बस्ने ४१ बर्षिय चन्द्रीका राठौर र सोही ठाउँ बस्ने २१ बर्षिय अजय राठौर रहेकोे प्रहरीले जनाएको छ। उनिहरुको साथबाट फेनरागन २३८ एम्पुल, डाइजोपाम १५८ एम्पुल, नुफ्रीन १९६ एम्पुल गरि कुल ५९२ एम्पुल लागू औषध बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले उनी हरु चढेको लु १३ प ४३६५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ। दशगजा छेत्रबाट लागू औषध बोकि परासी तर्फ आइरहेको देखेर प्रहरीले शंकाको आधारमा चेक गर्दा उनिसङ त्यत्रो मात्रामा लागू औषध भेटिएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here