शसस्त्र प्रहरी र स्थानिय बिच झडप हुदा १० जना

0
365

रबिन्द्र यादब–

परासी, २५ जेठ। नवलपरासीमा शसस्त्र प्रहरी र स्थानीय बीच झडप हुदा १० जना घाइते भएका छन।जिल्लाको प्रतापपुर गाउँपालिका ५ बसैया नाकामा सिमामा खटिएका शसस्त्र प्रहरी र स्थानीय बीच झडप हुदा ६ जना शसस्त्र प्रहरीका जवान र ४ जना स्थानीय घाइते भएका हुन। झडपमा स्थानीयले गुलेलीबाट हानेर शसस्त्र प्रहरीका जवानहरूलाई घाइते बनाएका छन भने डिफेन्समा प्रहरीले बल प्रयोग गर्दा ४ जना स्थानीय पनि घाइते भएका छन।

स्थानीयले चलाएको गुलेलीले ३ जना शस्सत्र प्रहरीको आन्खा र टाउकोमा ठुलो चोटपटक लागेको छ अरुको भने शरीरको विभिन्न अङ्गमा चोट लागेको शसस्त्र प्रहरीले जनाएको छ। घाइतेहरुको उपचारका लागि पृथ्वीचन्द्र असपताल लगिएको छ। आज सान्झ ४ बजेको समयमा स्थानीय एक महिलाले भारतबाट मल किनेर नेपाल भित्र्याउन खोज्दा सिमामा निगरान गर्न खटेका शसस्त्र प्रहरीले रोकेपछि उनी अटेरी गर्दै छिर्न खोजेपनी बिफल भइन। मिहलाले थप बल बल प्रयाेग गरि छिर्न खाेजेपछि प्रहरीले उनलाइ पिटेकाे स्थािनयले अाराेप लगाएका छन्र ।

मल छिराउन नपाएपछि र प्रहरीकाे कुटाइ खाएपछि उनले १०० जना भन्दा बढी गाउँलेलाई बोलाएर ल्याइन । साे अाक्राेशमा स्थानियले शसस्त्र प्रहरी र अस्थायी पोस्टमा आक्रमण गरेपछि तनाव भएकाे वडा अध्यक्ष त्रिभुवन कुर्मीले जानकारी दिएका छन्। स्थानीयले शसस्त्र प्रहरीले बनाएको अस्थायी पोस्टलाई भत्काइदिएका छन भने शसस्त्र प्रहरीका जवानहरूलाई घाइते पनि बनाएका छन। घाइते शसस्त्र प्रहरीका जवानहरु मध्ये कसैलाइ आन्खा, कसैको टाउको र शरीरमामा घाउ लागेको छ।

झडपको क्रममा स्थिति तनावग्रस्त भएपछि शसस्त्र प्रहरीले डिफेन्समा ४ राउन्ड हवाई फायर समेत गरेका स्थानीयले जानकारी दिएका छन। डेढ घन्टा तनावग्रस्त बनेको सो ठाउँमा अहिले स्थिति भने सामान्री बनेको छ। बिवाद मिलाउन शसस्त्र प्रहरिका अधिकारी र गाउँपालिकाका प्रमुख र वडा अध्यक्ष लगायत सरोकारवाला लागेका छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here