रामग्राम नगरपालिका ९ मा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना

0
554

परासी, २३ जेष्ठ । रामग्राम नगरपालिका वडा ९ जोकवारमा आधारभुत स्वास्थय सेवा सुचारु भएको छ । वडाबासीहरुलाई स्वास्थय सेवा प्रदान गर्न नगरपालिकाले वडामा आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरि आजदेखि उपचार सेवा सुचारु गरेको वडा अध्यक्ष सुनिल पाठकले जानकारी दिएका छन् ।

वडाअध्यक्ष पाठकका अनुसार सो केन्द्रमा एक जना हेव, एकजना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी गरि ३ जना जनशक्ति खटाइएको छ । वडाबासीहरुलाई घरदैलोमै उपचार सेवा प्रदान गर्न स्वास्थ्य बारे सचेत गराउने सो केन्द्र स्थापना गरिएको हो । यसैगरि नगरपालिकाको सबैवडाहरुमा वडाबाटै उपचार सेवा प्रदान गर्न नगरपालिकाले आधारभुत स्वास्थ्य सेवा केन्द्र स्थापना गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here