सरावल गाउँपालिकाद्वारा कृषकलाइ कृषि प्रोत्साहन कार्यक्रम

0
648

परासी ,२३ जेठ। नवलपरासीको सरावल गाउँपालिकाले काेबिड बिशेष कृषि कार्यक्रम ल्याएको छ। बिदेशबाट फर्केका र ब्यवसाय उन्मुख कृषकहरुलाई कृषि बिकास प्राेत्साहन कार्यक्रम तथा बालिको उत्पादन र उत्पाकत्व बुद्धिका लागि बीउ उत्पादक कृषक , कृषक समुह वा सहकारीलाई प्राेत्साहन कार्यक्रम सरावल गाउँपालिकाले ल्याएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्धप्रकास पाैडेलले जानकारी दिनुभएको छ ।

भुमि ब्यवस्था,कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत सरावल गाउँपालिकाकाे लागि काेभिड बिशेष कृषि कार्यक्रम लागू गरिएको हाे ।

काेभिड बिशेष कृषि कार्यक्रम अन्तर्गत ब्यवसायिक खेती गर्न चाहने र बिदेशबाट फर्केका युवा,अाफ्नै र अरुको जग्गा भाडामा खेती गर्न चाहने र अन्य कार्यक्रममा माैका नपाएका कृषकहरु तथा अति बिपन्नलाई बिशेष प्राथमिकता दिइएको अधिकृत पाैडेलले जानकारी दिनुभएको हाे ।

काेभिड बिशेष कृषि कार्यक्रममा कृषि कार्य अनरुप बिल रकमको अधिकतम ७५ प्रतिशतले हुन अाउन रकम तथा अनुदानग्राहीलाई २० हजार उपलब्ध गराइने भएको हुनाले अनुसुचि ३ ,४ बमोजिम निबेदन र प्रस्ताव तथा नागरिकताको प्रतिलिपि वा ब्यवसायिक / कृषि फर्म भए दर्ता प्रमाण पत्र ,वडा कार्यालय वा कृषि प्राबिधिककाे सिफारिस लिएर १५ दिन भित्र सरावल गाउँपालिका अन्तर्गतका कृषकलाई कार्यालयमा सम्पर्क गर्न अधिकृत पाैडेलले अाग्रह गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here