पाल्हिनन्दन गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एकजना मृत्यु

0
315

महेसपुर,२२ जेठ। नवलपरासीमा मोटरसाइकलको ठक्करबाट एकजनाको घटना स्थलमै ज्यान गएको छ। जिल्लाको पाल्हिनन्दन गाउँपालिका ३ परसिया चोकमा एक पैदलयात्रीलाइ मोटरसाइकलले ठक्कर दिदा पैदलयात्रीको ज्यान गएको हो।

आज बिहीबार सान्झ करिब ९ बजेको समयमा परासी तर्फबाट महेसपुर तर्फ गैरहेको मोटरसाइकलले घर फर्किरहेको गाउँपालिका ३ परसिया बस्ने ४८ बर्षिय नाथु गुप्तालाइ ठक्कर दिदा गुप्ताको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गुप्ताको टाउको र शरीरमा गहिरो चोट्लागेर उन्को घटना स्थलमै मृत्यु भएको र ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकाले उसको खोजी कार्य भैरहेको प्रहरीले जानकारी दिएको छ।

घटना स्थलमा मोटरसाइकल साइकल चालकको एउटा खुट्टाको चप्पल र बाइकबाट फुटेको भाउजर फेला परेकले बाइक र चालक चाडै पक्राउ पर्ने प्रहरीको बिश्वास रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here