जावामा बहुद्देशिय सभाहलको शिलान्यास

0
274

परासी , २१ जेठ । नवलपरासीको सरावल गाउँपालिका वडा नं. २ जावामा बहुद्देशिय सभाहल शिलान्यास गरिएको छ।बहुद्देशिय सभाहल बुधबार एक अनौपचारिक कार्यक्रमका बिच सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले शिलान्यास गरेका हुन् ।

सभाहलको शिलान्यास पश्चात् बोल्दै अध्यक्ष चौधरीले गाउँ घरमा हुने कार्यक्रम तथा पर्यटन संगै अन्य सभा समारोहको लागि सभाहलको आवस्यकता पर्ने बताए । उनले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरिएको हुँदा सामाजिक दुरि कायम गरि काम गर्नको लागि आग्रह समेत गरेका छन् ।

स्थानीय बिकास पुर्वाधार कार्यक्रम (संसद विकास कोष) अन्तर्गत माननीय देब्रेन्द्र राज कण्डेलबाट ८५ लाखकाे लगानीमा बहुद्देशिय सभाहल बुधबार शिलान्यास गरिएको हाे । गाउँमा हुने विभिन्न खालको छ्लफलको लागि कसैको घर वा खुल्ला ठाउँमा बस्नुपर्ने समस्या भएको हुनाले जनताकाे समस्या बुझ्दै समस्या अन्त्यका लागि माननीय कण्डेलले बजेट बिनियाेजन गरि सभाहल निर्माण गर्न लागिएको गाउँपालिका उपाध्यक्ष रायले बताउनु भएको हाे।

सभाहल शिलान्यासमा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे, गाउँपालिका उपाध्यक्ष उत्तमा राय,प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकास पाैडेल,वडा नं.२ का वडा अध्यक्ष सम्भु चाैधरी,वडा नं. १ का वडा अध्यक्ष भेष नरायण चाैधरी लगाएको सहभागीता रहेको थियाे।

गाउँ घरमा हुने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न समस्या भैरहेको हुँदा उक्त सभाहलको निर्माण तथा सरावल गाउँपालिका वडा नं. २ अन्तर्गत रहेकोे काेलबृक्ष एवं बिभिन्न पर्यटकीय स्थल रहेकाे हुनाले केही कार्यक्रम सन्चालनकाे लागि सभाहल नभएको हुनाले धेरै समस्या झेल्न परेको कारण निर्माणाधीन सभाहल शिलान्यास भएको हुनाले स्थानीय खुशि ब्यक्त गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here