पश्चिम नवलपरासीमा एकैदिन ८ जनामा क्रोना संक्रमण पुष्टि : ७ पाल्हीनन्दनमा र १ बर्दघाटमा

0
299


परासी, २१ जेष्ठ । पश्चिम नवलपरासीमा एकैदिन ८ जनामा क्रोना भाईरको संक्रमण पुष्टि भएको छ । जिल्लाको सिमावर्ति गाउँपालिका पाल्हीन्दनमा ७ र बर्दघाट नगरपालिकामा १ जना गरि ८ जनामा क्रोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ । संक्रमण पुष्टि हुनेमा बर्दघाट नगरपालिका १६ बस्ने २४ बर्षिय युवक रहेका छन् भने पाल्हीन्दन गाउँपालिका वडा १ का २५ बर्षिय पुरुष, वडा २ का २१ बर्षिय, वडा ३ का ३४ बर्षिय, वडा ४ का २९ बर्षिय र वडा ६ का २०, २१ र ३४ बर्षिय पुरुषहरु रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

क्वारेन्टाईमा रहेका ति व्यक्तिहरुको एकहप्ता अगाडी क्रोना परिक्षणका लागि थ्रोट स्वाब नुमना संकलन गरि राष्ट्रिय जनस्वास्थ्य परिक्षण प्रयोगशाला काठमाण्डौ पठाइएको थियो । पाल्हीन्दन गाउँपालिकामा भेटिएका क्रोना पोजेटिभहरु मध्ये ३ जना वडा २ स्थित हरपुर क्वारेन्टाईनमा रहेका छन् भने ४ जना वडा ४ पाल्ही स्थित क्वारेन्टाईनमा रहेको पाल्हीनन्दन गाउँपालिकाले जनाएको छ । उनीहरु सबै भारतको विभिन्न शहरबाट आएका थिए ।

क्रोना पोजेटिभ देखिएका ति व्यक्तिहरुको अवस्था सामान्वय रहेको र उनीहरुलाई आईशोलेसन पठाउने तयारी समेत भैरहेको पाल्हीनन्दन गाउँपालिकाले जनाएको छ । यता जिल्ला स्वास्थ्य कार्यालयले, उनीहरुको कन्टेक्ट टे«सिङ्गका लागि तयारी गरिरहेको जनाएको छ । यो संगै जिल्लामा संक्रमितको सङख्या १५ पुगेको छ । एकहप्ता अगाडी जिल्लाको विभिन्न स्थानिय तहबाट १७६ जनाको स्वाब संकलन गरि पक्षिणका लागि काठमाण्डौ पठाइएको थियो जसमध्य अरुको रिपोर्ट आईसकेको र अरुको रिपार्ट अझै आउन बाकी रहेको छ त्यसैमध्ये यि ८ जनामा क्रोना पुष्टि भएको हो । हाल जिल्लाको विभिन्न क्वारेन्टाईमा गरि कुल १ हजार २२७ जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here