गौरीशंकर जयसवाल-
परासी २१ जेष्ठ । कोभिट भाईरसको न्यूनिकरण नहुदा सम्म नवलपरासी जिल्लाका कुनैपनि संस्थागत तथा सामुदायिक विद्यालयहरु शुचारु गर्न नहुने भन्दै अनेरास्ववियू नवलपरासीले जिल्लाका सातवटै स्थानिय सरकार र शिक्षा विकास तथा समन्वय ईकाइलाई ध्यानाकर्षण पत्र बुझाएको छ । जिल्लाका सबै स्थानिय तहहरुलाई ध्यानाकर्षण पत्र बुझाएसंगै पत्रकार सम्मेलनको आयोजना गरेर सामुदायिक विद्यालयहरुमा क्वारेन्टाईन राखेर संस्थागत विद्यालयहरु संचालन गर्ने कार्य उचीत नभएको जनाएको छ ।
बर्दघाटमा आयोजना गरेको उक्त पत्रकार सम्मेलनमा वोल्दै विद्यार्थी नेताहरुले अनेरास्ववियूले आफ्नै पक्षको सरकार भएपनि गतल कामगर्नेका विरुद्ध आफ्नो र अर्काको भनेर नछोड्ने चेतावनी समेत दिएका थिए । आफुहरु नेकपाको एकता पछि विद्यार्थीहरुको पक्षमा रहेर शसक्तरुपमा अघि बढेको बताउदै अब स्थानिय तहहरुले आफ्ना विद्यालयहरुमा नयां शैक्ष्ँिक सत्रका लागि लगाएको विभिन्न पब्लिकेशनका पाठ्यपुस्तकहरुका विषयमा,कोरोनाको महामारीमा विद्यार्थीहरु विद्यालय नगएपछि यो समयको शुल्क लिने वा नलिने विषयमा र रोकिएका परिक्षाहरुका विषयमा अनेरास्ववियू नवलपरासीले जिल्लका सरोकारवालाहरुसंग बसेरै छलफलगरी उचीत निर्णय लिने समेत पत्रकार सम्मेलनमा अनेरास्ववियू नवलपरासीका संयोजक शुसान्त घिमिरेले जानकारी गराएको थिए ।
अहिले संविद्यान विपरित निजि विद्यालयहरुको पक्षमा रहेर दुधको सांक्षी विरालो हुनेगरी शिक्षामा विकृति र विसंगती ल्याउने काम सरकारवाट भएको अनुभुति आफुहरुलाइ भएको भन्दै त्ससका विरुद्ध विद्यार्थीहरु आन्दोलनमा आउनु पर्ने वेला आएको समेत अनेरास्ववियूका केन्द्रिय सदस्य अमित खड्कले चेतावनी दिए । अनेरास्ववियू नवलपरासीका संयोजक शुसान्त घिमिरेको अध्यक्षता केन्द्रीय सदस्य अमित खड्काको प्रमुख आतिथयता र जिल्ला सह संयोजक विशाल गिरीको संचालनमा सम्पन्न पत्रकार सम्मेलन सम्पन्न् भएको थियो ।