परासी २१ जेष्ठ । कोभिड १९ रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको मोडल परिर्वतन गर्न उद्योग व्यवसायीहरुले माग गरेका छन । उनीहरुले लामो समयसम्म लकडाउनले उद्योग व्यवासयीहरु मर्का परेको भन्दै लकडाउनको मोडल परिर्वतन गर्न माग गरेका हुन ।
सिंहदरबारमा निजी क्षेत्रका साथै विभिन्न पेशा व्यवसायका छाता संगठनका प्रतिनिधिसंग छलफलमा सहभागी नवलपरासी उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारीले लकडाउन मोडल परिर्वतन गर्न भएन भने पेश अर्थतन्त्र चलायमान बनाउनेबारे तत्काल नसोच्ने हो भने कोरोना भाइरसले निम्त्याउने समस्या भन्दा भोकमरीको अवस्था आउने भन्दै उद्योग संञ्चालनको व्यवस्था मिलाउन आग्रह गरे ।उनीहरुले लकडाउन अझै लम्बिदै जदाँ उद्योग व्यवासयीहरु त्यसक्षेत्रमा काम गर्ने मजदुर लगानीकर्ता सबै प्रभावित हुने भन्दै लकडाउन खुकुलो पारेर उद्योगहरुको बार्गिकरण गरेर उद्योग खोेल्नुपर्ने सरकारलाई सुझाव दिएको अध्यक्ष भण्डारीले जानकारी दिए ।
उद्योगी व्यवासयीहरुले लकडाउनको मोडन परिर्वतन गरेर उद्योगको जोखिम स्तर हेरेर क्षेत्रगत त्यसको व्यवस्थापन गरी अर्थतन्त्र चलामयान बनाउन पर्ने बताएका थिए । छलफलमा उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले रेड, ग्रिन र एल्लो समितिका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वास्थ्य विज्ञहरु उद्योग वाणिज्य महासंघकी अध्यक्ष राणा सहित चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला, उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीका उद्योग बाणिज्य संघका अध्यक्ष भण्डारी, नेपाल निर्यात व्ंयवसायी महासघका महासचिव तथा पश्मिना उद्योग संघका अध्यक्ष दुर्गाविक्रम थापा लगायतले बोल्दै सबैले जोखिम क्षेत्र हेरेर उद्योग संञ्चालनको वातावरण र व्यवसाय खोल्न पाउने अवस्था सृजना गर्नुपर्नेमा जोड दिएका थिए ।