अनेरास्ववियू नवलपरासीद्वारा स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र

0
270

परासी ,२० जेठ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन जिल्ला कमिटी नवलपरासीद्वारा स्थानीय तहमा ध्यानाकर्षण पत्र बुझाएको छ।

बिश्वब्यापी महामारीको रुपमा रहिरहेकाे काेराेना भाइरस (काेभिड १९) काे विषम परिस्थितिमा काेराेना भाइरस न्युनिकरण नहुदा सम्म संस्थागत तथा सामुदायिक बिद्यालय सुचारु गर्न नहुने भन्दै अनेरास्ववियू नवलपरासीको संयाेजक शुसान्त शर्मा घिमिरे ध्यानाकर्षण पत्र बुझाउनु भएको हाे ।

ध्यानाकर्षण पत्र पश्चिम नवलपरासीको ७ वटै स्थानिय तह ,शिक्षा विकास तथा समन्वय ईकाई नवलपरासीमा बुझाईएको अनेरास्ववियू नवलपरासीका कार्यालय सदस्य सन्जय माैर्यले जानकारी दिनुभएको हाे।

काेराेना भाइरस पुर्ण रुपमा नियन्त्रणमा नभए सम्म बिद्यालय खाेल्न गैरजिम्मेवार र स साना बिद्यार्थी तथा अभिभावकहरुलाई अझ त्रसित बनाउने र बिद्यालयमा बिद्यार्थीहरुलाई शुल्क असुल्ने नियतले यस्तो गर्न खाेजिएकाे प्रती घाेर निन्दा गर्दै अनेरास्ववियू नवलपरासीको संयाेजक शुसान्त शर्मा घिमिरे र सहसंयाेजक बिशाल गिरीकाे संयुक्त रुपमा हस्ताक्षरसहित ७ बुन्दे सुझाव सहित स्थानीय सरकारलाई ध्यानाकर्षण पत्र बुझाइएको हाे।

यस्तै बिच ध्यानाकर्षण पत्र नवलपरासीको सातवटै स्थानीय तहमा बुझाइसकेपछि बर्दघाटमा पत्रकार सम्मेलन गरि जानकारी गराइएको हाे।

पत्रकार सम्मेलनका अनेरास्ववियू नवलपरासीको संयाेजक शुसान्त शर्मा घिमिरेकाे अध्यक्षतामा तथा अनेरास्ववियू केन्द्रीय सदस्य अमित खड्काकाे प्रमुख अातिथ्यतामा भएको हाे ।

पत्रकार सम्मेलनका सम्बाेधन गर्दै संयाेजक शर्माले अनेरास्ववियू सधै जनहितका लागि अग्रसर रहि परिवर्तनकाे मुल प्रवाह ,शैक्षिक अान्दाेलनकाे नेता राष्ट्रियता तथा देशभक्ति पुर्ण अान्दाेलनकाे पहरेदार सबै खालकाे बिकृति बिसंगति र गलत प्रबृतिकाे बिराेध गर्दै समग्र बिद्यार्थीकाे हकहित र अधिकार प्राप्तिका लागि सदैव अग्रसर रहि बिद्यार्थीका माझ उपस्थित हुने प्रतिबद्वता सहित अाफ्नाे धारणा राख्नु भएको थियाे ।

कार्यक्रममा अनेरास्ववियू नवलपरासीका कार्यालय सदस्यहरु सहित जिल्ला कमिटी सदस्यहरुको उपस्थती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here