सुर्यदोय लघुवित्त वित्तीय संस्थाद्वारा क्रोना राहत कोषलाई सहयोग

0
477

बेलाटारी, २० जेठ। प्रतापपुर गाउँपालिका स्थित गोपिगञ्जमा रहेको साबिक त्रिलोक लघुबित्त बित्तिय संस्था लिमिटेड हाल सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले मंगलबार प्रतापपुर गाउँपालिकाको कोरोना भाईरस रोकथाम तथा नियन्त्रण राहत कोषमा सहयोग गरेको छ ।

गाउँपालिका अध्यक्ष राजकुमार शर्मालाई मंगलबार १० हजार बराबरको चेक हस्तान्तरण गरिएको संस्थाका शाखा प्रमुख कृष्ण मुरारीलाल मालीले जानकारी दिए । साथै संस्थाको केन्द्रीय कार्यालयले रु १० लाख दस हजार कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि रकम सहयोग गरेको छ । जसमा प्रदेश नं ४ लाई दुई लाख , पाच नं नम्बर प्रदेशलाई दुई लाख र प्रदेश नम्बर ६ को सल्यान जिल्लाको कुविन्डे बनगाड नगरपालिकालाई पचास हजार सहयोग गरेको संस्थाले जनाएको छ ।

शाखा मार्फत ५७ स्थानिय तहमा ७ हजार ५ सय देखि २५ हजार सम्म राहत कोषमा जम्मा गरेको छ । १० लाख दस हजार मध्ये तीन लाख दस हजार उक्त संस्थाका कार्यरत कर्मचारीले सहयोग गरेको केन्द्रीय कार्यालयले जनाएको छ । सुर्योदय लघुवित्त वित्तीय संस्था हाल २३ जिल्लामा कार्यक्षेत्र रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here