नवलपरासीमा ४ वर्षीय बालिका बलात्कृत : बलात्कार गर्ने युवक फरार

0
439

उमेश बि.क–

परासी ,२० जेठ । पश्चिम नवलपरासीमा एक चार बर्षिय बालिका बलात्कृत भएकि छन्र । जिल्लाकाे सरावल गाउँपालिका ४ बस्ने चार बर्षिय (नाम परिवर्तित) एबीसी बालिका अाइतबार घरमा एक्लै भएकाे बेला बलात्कृत भएकी हुन् ।

उक्त बालिकालाइ घरमा एक्लै भएकाे बेला माैका छाेपेर स्थानिय २६ वर्षीय राजकुमार सहानीले बलात्कार गरेको सरावल ४ का वडा अध्यक्ष छाेटेलाल यादवले अाराेप लगाएका छन्हाे । बालिकाको अामाकाे अनुसार अाफु नुहाइरहेकाे समयमा अाइतवार करिब ३ बजे बालिका घरमा एक्लै खेलिरहेकाे बेला मिठाईको प्रलोभन देखाएर अाराेपित सहानीले बलात्कार गरेको बताएकी छिन्। बालिका रुनसाथ साे स्थानसम्म अामा पुग्दा सहानी घरबाट फरार भइसकेका थिए । छाेरी राेइरहेकाे अवस्थामा फकाउदा फुस्लाउदा नमानेपछि लिंग तिर बालिका इसारा गरेर रुदा अाफुले हेर्दा पेट डम्म फुलेको तथा रगत बगिरहेको देखेपछि स्थानिय स्वास्थ्य चाैकी उपचारका लागि लगेका थिए ।

स्वास्थ्य चाैकीमा स्वास्थ्यकर्मीले बालिकाकाे अवस्था गम्भीर देखेपछि पृथ्वी चन्द्र अस्पताल परासी पठाइएका छ । साे घट्नाबारे वडा अध्यक्ष छाेटेलाल यादव थाहा पाउनसाथ गाेबरहिया प्रहरी चाैकी र जिल्ला प्रहरी कार्यलयलाई खबर गरेका गरेका थिए। बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनसाथ गाेबरहिया र जिल्ला प्रहरी टाेलि घटना स्थलमा पुगी अनुसन्धान थालेकाे जनाएकाे छ । अाराेपित युवक फरार रहेको र उनको खोजी कार्य भइरहेको गाेबरहिया प्रहरीचाैकी इन्चार्ज तिलक रमायझिले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here