सरावल गाउँपालिकामा पनि एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि

0
309

परासी, १९ जेठ  । पश्चिम नवलपरासीको सरावलका आज (सोमबार) एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पिसिआर परिक्षणका क्रममा २६ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरब ढकालले रेडियो परासीलाई बताउनुभयो ।

जेठ १३ गते सरावलको महेन्द्र मावि गडौरीमा रहेका ति पुरुषको स्वाब संकलन गरि परिक्षणका लागी पठाईएको थियो । संक्रमित व्यक्ति भारतबाट यहि जेठ चार गते आएको खुलेको छ । संक्रमित व्यक्तिलाई अहिले छुट्टै राखिएको र थप कन्ट्रयाक ट्रेसिङ्ग गरि कोहि सम्र्पकमा आएको भए उनिहरुको स्वाब संकलन गरिने प्रमुख ढकालले बताउनुभयो ।

सरावलमा यसअघि आरडिटि पोजेटिभ आएका दुई जनाको पनि स्वाब संकलन गरि परिक्षणका लागी काठमान्डौ पठाईएको छ, उनिहरुको रिपोर्ट आउन बाँकि नै छ । सरावलमा पहिलो पटक संक्रमित भेटिएका हो । यससंगै पश्चिम नवलपरासीमा संक्रमितको सङख्या ६ पुगेको छ । यस अघि सुस्ता, प्रतापपुर र रामग्राममा कोरोना संक्रमित भेटिएका थिए ।#radioparasi.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here