कावासोती, १८ जेष्ठ । नेपाल महिला संघ नवलपुर क्षेत्र नं १ ले कावासोती नगरपालिकामा दुई दिन अघि भएको घटना प्रति संघको गम्भीर धयानाकर्षण भएको जनाएको छ । संघकी क्षेत्रीय सभापति संगिता घिमिरेले आज जारी गर्नु भएको प्रेस बिज्ञप्तीमा कावासोती नगरपालिका वडा नं ८ मा ८२ बर्षीय जसोदा अधिकारी को मृत्यु प्रकरणले अत्यन्त दुखी बनाएको बताउँदै सो घटना के कसरी घटन् गएको हो सत्य तथ्य छानबीन गरि दोष्ी माथि कानुनी कारबाहीको लागि जोडदार माग गर्दछौं भनिएको छ ।
बिज्ञप्तीमा संघकी क्षेत्रीय सभापति घिमिरेले एक बृद्धा महिला त्यो पनि आफनै घरमा कसरी मृत्यु हुन पुग्यो भन्ने आफै शंकाको घेरा भित्र रहेको बताउँदैं घटनामा बुहारी मीरा अधिकारीको संल्गनता रहेको भन्दै स्यमं मीराका पतिबाट जिल्ला प्र्हरी कार्यालयमा किटानी जाहरी पर्नु र मीरा अधिकारी प्रहरी हिरासतमा रहनुले पनि घटना गम्भीर र षडयन्त्रमुलक रहेको महिला संघको निष्कर्ष रहेको छ बिज्ञप्तीमा जनाईएको छ ।
समाजमा अप्तयारिलो ढंगबाट घटने यस्ता बर्बर र आततीय घटनाले समृद्ध समाज र सबल महिला नेतृत्व उत्पादनमा समेत गम्भीर असर पर्ने भएकाले कावासोती घटनाको सत्य तथ्य छानबीन गरि दोषी लाई कानुनी कठघरामा ल्याई कानुनी राज्य स्थापित गरि महिला माथि हुने सबै किसिमका ज्यादती बन्द गर्न र दोष्ीलाई कारबाही नभए महिला संघ आन्दोलनमा उत्रन पछि नपर्ने यसै बिज्ञप्ती मार्फत सभापति घिमिरेले बताउनुभएको छ ।