सुस्ता, १८ जेठ। नवलपरासीमा लकडाउनको मौका छोपी तस्करहरु विभिन्न सरसमानको चोरी तस्करी गर्दै आएका छन । जिल्लाका सबै सिमानाकाहरुमा आवत जावतमा पुर्णरुपमा रोकलगाइएपनि उक्त तस्करी नियन्त्रणगर्नका लागी नेपाल प्रहरीले सक्रियता देखाएको छ ।
यसै क्रममा गरी गए राती सुस्ता गाँउपालिका वडा नं ५ बनकट्टीबाट भारतबाट अबैधरुपमा ल्याउदै गरेको १ लाख ५० हजार बराबरको बिभिन्न किराना समानहरु र चिनी प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यसै गरी शुक्रवार राती प्रतापपुर गाउँपालिका वडा नं ५ धरमौलीबाट भारतबाट अबैधरुपमा ल्याउदै गरेको करिब ८० हजार बराबरको शुद्धप्लस प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेले जानकारी दिनु भयो ।
नियन्त्रणमा लिएको सामानहरु आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाउने प्रहरीले जनाएको छ ।