परासी, १८ जेष्ठ । जिल्ला प्रहरी कार्यालयल नवलपरासीले ३ लाख मुल्य बराबर मालसमान बरामद गरेको छ । जिल्लाको सिमावर्ति पाल्हीनन्दन गाउँपालिकाको वडा १ र २ को विभिन्न नाकाबाट गस्तीमा खटिएको प्रहरीटोलीले ३ लाख ४ हजार ५३० रुपैया मुल्य बराबरको तस्करीका सामानहरु बरामद गरेको हो ।
स्थानिय तस्करहरुले लकडाउनको मौका छोपी भारतबाट नेपाल भित्राउदै गरेको काजुकिसमिस, बदाम, जिरासौंफ, कपडालत्ता र नेपालबाट भारत छिराउन खोजेको ४२५ केजी मटर र १०० केजी दाल सिमा प्रहरी चौकी महेसपुरले बरामद गरि जिल्ला प्रहरी कार्यालयलाई बुझाएको छ ।
बरामद उक्त सामाग्रीहरु आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । त्यस्तै जेष्ठ १६ गते प्रहरीले जिल्लाको प्रतापपुर गाउँपालिका ३ धर्माैली नाकाबाट ३ बोरा सुद्धप्लस नामक गुटखा पनि बरामद गरेको जनाएको छ ।