नवलपरासीमा आगलागीबाट ६ लाख बराबरकाे क्षति

0
361

नन्दु यादव

बेलाटारी, १७ जेठ । नवलपरासी पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३ कुटिटाेला बस्ने सुदामा धाेबिकाे घरमा गयराति आगलागी भएकाे छ । एकैठाउमा घरगाेठसमेत रहेकाेेमा राति अागाे सल्केर अागलागि भएकाे ईलाका प्रहरी कार्यालय सेमरीका प्रमुख फाैजदार यादव ले जानकारी दिनु भयाे ।

आगलागीबाट अन्नपात ,भैंसी ,पाडाे ,लत्ताकपडा ,घर लगायतका सामान पुर्ण रुपमा जलि ६लाख ३२हजार बराबर काे छति भएकाे प्रमुख यादवले बताउनु भयाे ।राति लामखुट्टे धपाउनकाे लागि बालेकाे अागाे सल्केेर अागलागि भएकाे हाे ।गयराति करिब १बजे काे समयमा अागलागेपछि घरका परिवारहरुले छिमेकी लाई गुहारेपछि छिमेकी हरुले राति नै अागाेलाई पानिबाट निभाई नियन्त्रणमा लिएका थिए।

उता जिल्लाकाे सिमासग जाेडिएकाेे सुस्ता ,प्रतापपुर , सरावल र पाल्हिनन्दन गाउपालिका मा दमकल नहुदा बर्सेनी अागलागिबाट धनजनकाे क्षति हुँदै अाईरहेकाे छ ।आगलागेपछि समयमै दमकल पुग्न नसकेपछि यस्ता घटना दिनानु दिन बढदै गईरहेकाे स्थानियले बताएका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here