संजय कुशवाहा
परासी १५ जेठ। शुभेच्छा बचत तथा ऋण सहकारीद्वारा बन्दाबन्दीको अवस्थामा ४ महिनाको ब्याजमा १०% छुट गरेको छ। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं. ७ गुठी सूर्यपुरामा कार्यालय रहेको यस सहकारीले सदस्यहरुले लिएको ऋणको ब्याजमा गत चैत्र देखि अषाढ महिना सम्मको ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरेको हो।
संस्थाले सूचना जारी गर्दै विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणकाे कारण सम्पूर्ण व्यापार, व्यवसायमा परेको असरलाई मध्यनजर गरी संस्थाबाट ऋण लिएका सदस्यहरूलाई तिर्न बाकी ब्याज पुरै तिरेमा चैत्र महिना देखि आगामी आषाढ मसान्तसम्मको ब्याजमा १० प्रतिशत छुट दिने निर्णय गरिएको संस्थाले सूचना निकाली जानकारी दिएको छ।
त्यस्तै तिर्न बाँकी हर्जाना रकम तिरेमा संस्थाले बन्दाबन्दीकाे अवधि २०७६ चैत्र देखि २०७७ अाषाढ मसान्तसम्मकाे ब्याजको हर्जानामा शत प्रतिशत छुट दिने संस्थाले जनाएको छ ।