परासी, १४ जेष्ठ । पश्चिम नवलपरासीमा श्रीमानको हत्याको आशंकामा श्रीमति पक्राउ परेकि छन् । जिल्लाको प्रतापपुर गाउँपालिका ९बेलाटारी बस्ने ३७ बर्षिय धम्रराज मुखिया आफनै घरमा मृत अवस्थामा फेला परेपछि श्रीमतिले उनको हत्या गरेको आशंकामा प्रहरीले मृतककि ३६ बर्षिय श्रमित पार्वती देवी चौधरीलाई पक्राउ गरेको जनाएको छ ।
मृतक मखिया हिजो मंगलबार आफनै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए । उनको मृत्युका कारण र घटनाको विषयमा अनुन्धान हुँदा मृतक मुखियाको घाँटीमा निलो डाम, दुबै हातको नाडी काटिएको र टाउकोमा चोट देखिएकाले उनको मृत्यु रहस्मय रहेको भन्दै प्रहरीले उनको श्रमित चौधरीलाई पक्राउ गरि थप अनुसन्धान थालेको प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले जानकारी दिएका छन् ।