नेता ह्देश त्रिपाठीको भारी मतले बिजयी

0
282

परासी, २४ मंसिर । राजनितिक समहुका नेता एवं बाम गठबन्धनका उम्मदेवार पुर्व मन्त्री ह्देश त्रिपाठी भारी मतले बिजयी भएका छन् । नेता त्रिपाठी आफनो निकटम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मदेवार देवकरण कलवारलाई ५ हजार १ मतले पराजित गर्दै बिजयी हासिल गरेका हुन् । नेता त्रिपाठीले ३८ हजार ५ सय ९२ मत प्राप्त गर्दे नेता कलवारलाई पराजित गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेता त्रिपाठी नवलपरासी बर्दघाट सुस्ता पश्चिम प्रतिनिधि सभा १ मा बाम गठबन्धन तर्फबाट सुर्य चुनाव चिन्ह लिएर उठेका थिए । उक्त क्षेत्रमा कुल १ लाख २ हजार ३ सय ६८ मतदाता रहेपनि ७९ हजार ७१ मत मात्र खसेको थियो । नेता त्रिपाठी शुरु देखि नै अग्रता कायम गर्दै बिजयी आसिल गरेका हुन् ।

नेता त्रिपाठी बिजय भएपछि उनका कार्यकर्ता र समर्थकहरु उनलाई फुलको हारमालाले स्वागत तथा बधाई ज्ञापन गर्दै जिल्लाको सदरमुकाम परासीमा ठुलो बिजय ज्लुस निकालेका छन् । ज्लुस परासी बजार घुमाउदै आआफनो गन्तब्यमा लाग्ने बताइएको छ । भोली बाम गठबन्धनका संयुक्त ज्लुस ¥याली निकालिने बताइएको छ ।

त्यसैबिच प्रतिनिधि सभा १ कै प्रदेश सभा १ मा बाम गठबन्धनका उम्मदेवार दिपेन्द्र अधिकारी र प्रदेश सभा २ मा बाम गठबन्धनकै उम्मदेवार अजय बहदुर शाही बिजयी पनि भईसकेका छन् । त्यस्तै प्रतिनिधि सभा २ को प्रदेश सभा १ मा बाम गठबन्धनका उम्मदेवार बैजनाथ चौधरी र प्रदेश सभा २ मा नेपाली कांग्रेसका उम्मेदवार बैजनाथ जयसवाल पनि बिजयी भईसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यता प्रतिनिधि सभा २ र उक्त क्षेत्रको प्रदेश सभा १ को मतगाण्ना अझै जारी रहको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here