प्रतापपुर गाउँपालिका द्वारा संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण

0
333

रबिन्द्र यादव

परासी, ११ जेठ। नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका द्वारा संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री वितरण भएको छ ।
जिल्लामा कोरोना संक्रमितको संख्या बढे पछि संचारकर्मीहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै उक्त गाउँपालिका अन्तर्गत क्रियाशिल संचारकर्मीहरुलाई अाइतबार स्वास्थ्य सामग्री एन-९५ माक्स, ह्यान्ड ग्लोप्स र सेनिटाईजर बितरण गरेको गाउँपालिका अध्यक्ष राजकुमार शर्माले बताए ।

कोरोना रोकथाम तथा नियन्त्रण गर्नको लागी गाउँपालिकाले बिभिन्न किसीमको योजना संचालन गरेको साथै आउने दिनहरुमा संचारकर्मीहरुलाई थप सहयोग गर्ने शर्माले बताए ।
(कोविड -१९) कोरोना भाइरस महामारीको समयमा अग्रपक्तिमा आफ्नो स्वास्थ्यको परवाह नगरी दिनरात बिभिन्न क्षेत्रहरुमा खटि सुचना संम्प्रेषण गरिरहेका गाउँपालिका भित्रका ७ जना संचारकर्मीहरुलाई स्वास्थ्य सामग्री बितरण गरिएको गाउँपालिकाले जनाएको छ । संचारकर्मीलाई स्वास्थ्य सामाग्री वितरण गरेको यो गाउपालिका जिल्लामा पहिलो हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here