पश्चिम नवलपरासीमा आजमात्रै ३ जनामा कोरोना संक्रमण पुष्टि

0
293

परासी, ९ जेष्ठ । पश्चिम नवलपरासीमा आजमात्र ३ जनामा क्रोना भाईरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लाको रामग्राम नगरपालिकामा २ र सुस्ता गाउँपालिकामा १ जना गरि ३ जनामा क्रोना भाईरको संक्रमण पुष्टि गरेको हो । संक्रमण पुष्टि हुनेमा रामग्राम नगरपालिका वडा ३ का ३५ बर्षिय पुरुष, वडा १८ कि १५ बर्षिय महिला र सुस्ता गाउँपालिका ५ का ३३ बर्षिय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले जनाएको छ ।

कार्यायलका अनुसार क्वारेन्टाईनमा बसीरहेका उनीहरुको स्वास्थ्य परिक्षणका लगि कार्यालयले थ्रोड स्वाब नुमना संकलन गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काडमाण्डौ पठाएको थियो । अरुको रिपोर्ट नेगेटिभ आएपनि उनीहरु पोजेटिभ भेटिएपछि उनीहरुको कन्टेक्ट टे«ेसिङ्ग गर्ने कार्य भैरहेको र आवश्यक परे सम्बन्धित वडाहरु पनि शिल गर्ने स्थानिय प्रशासनले जनाएको छ । उनीहरु अलिहे सम्बन्धित गाउँपालिकाको क्वारेन्टाईनमा छन् र नजिकको आईशोलेशनमा पठाउने तयारी पनि भैरहेको छ कार्यालयले जनाएको छ ।

ति संक्रमित व्ययिक्तहरु रोजगारीको सिलसिल भारतमा बस्दै आएका थिए तर लकडाउनका कारण उनीहरु केहिदिन अगाडी मात्र जिल्लामा प्रवेश गरेका थिए । उनीहरुलाई प्रत्यक्ष क्वारेन्टाईनमा सम्बन्धित गाउँपालिकाहरु उनीहरुको घरपरिवारलाई बुझाई सिधै क्वारेन्टाईनमा ल्याएको जनाएको छ । हालसम्म जिल्लामा कुल ५ जनामा क्रोना संक्रमति भेटिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here