जागृतिद्धारा स्वास्थ सामाग्री हस्तान्तरण

नवलपुर, ७ जेठ। जागृति बाल तथा युवा सरोकार नेपालद्धारा कन्नालन स्विजरल्याण्डद्धारा नवलपुरका १ जिल्ला अस्पताल र ६ पालिकाहरुमा मेडिकल सामाग्रीहरु एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ ।

नवलपुरको जिल्ला अस्पतालमा ८ लाख १० हजार २९ रुपैया, कावासोती नगरपालिकामा २ लाख ८४ हजार २ सय ४६ रुपैया, देवचुली नगरपालिकामा १ लाख ३३ हजार ६ सय ९४, हुप्सेकोट गाँउपालिकामा १ लाख ८९ हजार ७७ रुपैया,
विनयी त्रिवेणी गाँउपालिकामा १ लाख ६४ हजार ३ सय २७ रुपैया, बौदीकालि गाँउपालिकामा १ लाख ६४ हजार ३ सय २७ रुपैया, बुलिङटार गाँउपालिकामा १ लाख ८९ हजार ७७ रुपैया गरि कुल १९ लाख ३४ हजार ७ सय ७७ बरावरको १६५ सेट पि.पि.ई., ५७ थर्म गन, के.एन. ९५ माक्स ५२५ पिस, ३३५ प्याकेट टप ग्लोब, ५० प्याकेट सर्जिकल ग्लोब, ६५०० पिस पेपर माक्स, ४०० बोटल स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु रहेको थियो ।

सो सामाग्रीहरु कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुन, प्रमुख प्रशासीकय अधिकृत, स्वास्थ्य शाखाका प्रतिनिधीहरु, जिल्ला अस्पताल मध्यविन्दुमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा. गोपाल खनाल, व्यवस्थापन समितिका पदाधिकारीहरु, मेडिकल सुपुरिडेन्ट, हुप्सेकोट गाँउपालिकाका अध्यक्ष लक्ष्मी पाण्डे, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य शाखा प्रमुख, विनयी त्रिवेणी गाँउपालिकामा गण्डकी प्रदेश सभाका माननीय साँसद जनकलाल श्रेष्ठ, गाँउपालिकाका अध्यक्ष डम्बरबहादुर जिसी , देवचुली नगरपालिकामा नगर उपप्रमुख पार्वता तिवारी, नगरका प्रवक्ता डिलबहादुर खत्रीको उपस्थिती रहेको थियो ।

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेल, संस्थाका संरक्षक होमनाथ जैसी, सल्लाहकार खिमानन्द भुसाल, कार्यसमितिका पदाधिकारीहरुको उपस्थितीमा सो सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।
सामाग्रीहरु ग्रहण पश्चात सो सामाग्रीले यो विपद्को घडिमा महत्वपूर्ण सहयोग गर्ने र सो सामाग्रीहरुको उचीत व्यवस्थापनका साथ सम्पूर्ण स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु र अन्य व्यक्तित्वहरुलाई सहयोग पुग्ने बताउनुभयो ।
स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गर्दा सम्बन्धित पालिकाहरुमा निर्माण हुने क्वारेन्टीन बालमैत्री, किशोरीमैत्री, लैगिँकमैत्री निर्माणको लागि समेत अनुरोध गरिएको छ ।

Related articles

प्रहरीद्धारा १ लाख ५८ हजारको मालसमान बरामद

परासी, ६ श्रावण । प्रहरीले नवलपरासीकोे विभिन्न नाकाबाट १ लाख ५८ हजार ४८० मुल्य बराबरको विभिन्न सर–सामान बरामद गरेको छ । स्थानिय व्यापारीहरुले भारतबाट नेपाल भित्राउन खोजेको कपडा, बोईलर कुखुरा, र नेपाल बाट भारत निकासी गर्न खोजेको मटर प्रहरीले विभिन्न नाकाबाट बरामद गरेको हो । बरामद उक्त सर–सामानहरु आवश्यक कार्वाहीको लागि महेसपुर भन्सार कार्यालय पठएको […]

नयाँ नियमले उद्योगी व्यवसायी धरासयी

परासी, १ साउन ।  सरकारले साउन १ गतेदेखि लागू गरेको ऐन, नियमले उद्योगी व्यवसायीहरु धरासयीमा पर्ने जनाउँदै उद्योग वाणिज्य संघ पश्चिम नवलपरासीले बुधबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । संघका जिल्ला अध्यक्ष केशव भण्डारीको नेतृत्वमा पुगेको उद्योगी व्यवसायीहरुको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा यस आर्थिक वर्षदेखि अनिवार्य रुप्मा सबै श्रमिकको अनिवार्य […]

Leave a Reply

Your email address will not be published. Required fields are marked *