सशस्त्र प्रहरीद्वारा लागू औषध सहित एकजना पक्राउ

0
433

परासी, ६ जेठ। नवलपरासीमा लागू औषध सहित एक जना पक्राउ परेका छन। आज दिउँसो साढे ३ बजेको समयमा जिल्लाको प्रतापपुर गाउँपालिका ४ पचपेडा गाउँ नजिकको खजुरा खोलाबाट सशस्त्र प्रहरीको टोलीले ठूलो मात्रामा लागु औषध सहित एकजना युवकलाइ पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामग्राम नगरपालिका ९ बस्ने २७ बर्षिय जोगेन्द्र हरिजन रहेको सशस्त्र प्रहरी बल नेपाल गण नम्बर २६ हेडक्वाटरका गणपति सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले जानकारी दिनु भएको छ। सशस्त्र प्रहरी उपरीक्षक खनियाका अनुसार पक्राउ परेको युवकको साथबाट डाइजोपाम इन्जेक्सन २ एमेलको ४९४ पिस, फेनारगन इन्जेक्सन २५ एम्जी २ एमेलको ५०० पीस, नाइट्राभेट-१० १७०९ ट्यबलेट, स्पास्मो प्रोक्सिवोन प्लस ९६ क्याप्सुल, नोफिन इन्जेक्सन २ एमेल ४९३ पिस र ओनेरेक्स १०० एमेल ७ पिस रहेको जानकारी दिनु भएको छ।

लक्डाउनलाइ कडा रुपमा पाल्ना गराउन र सिमामा निगरानी बढाउन शसस्त्र प्रहरी बल बिओपी भुजहवाको टोलीले गस्ती गर्ने क्रममा खजुरा नदिको छेउ- छेउ हुँदै हतार हतारमा लुकिछिपी नेपाल भित्री रहेको उक्त युवकलाइ चेकजाँच गर्दा उनको साथबाट त्यत्रो मात्रामा लागू औषध बरामद भएको हो। उक्त घटनाको बिषय्मा थप अनुसन्धान भैरहेको छ।

लकडाउनको मौका छोपी स्थानीय ब्यपारीहरु सिमा छेत्रमा लागू औषध, रक्सीको तस्करी गर्ने गरेको पाइएको र सिमामा खटिएका सुरक्षाकर्मीहरुले उनीहरुलाई नियन्त्रणमा लिइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here