सशस्त्र प्रहरीद्वारा बरामद गरिएको सामान भन्सार पठाइयो

0
252

रबिन्द्र यादव-

परासी, ५ जेठ । नवलपरासीमा सशस्त्र प्रहरी द्वारा २ लाख २५ हजार बराबरको बरामद गरेको सामान महेशपुर भन्सारमा बुझाएको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीले लकडाउनको अवधिमा बिभिन्न नाकाहरुबाट भारत तथा नेपालबाट अबैधरुपमा ओसार पोसार गर्दै गरेको धानको बिउ,मल,मदिरा,बिषाधी लगायतको साथै भारतिय नम्बर यु.पी.५६एच, ९२६८को मोटरसाईकल दशगजाबाट बरामद गरिएको सामानहरु स्थानिय पत्रकारहरुको रोहबरमा आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरक्षक सुमन अधिकारीले बताए ।

लकडाउनको समयमा सिमा तस्करी तथा सिमा सुरक्षाको निगरानी पुर्ण रुपले बढाइएको साथै मानिसहरुलाई आवतजावतमा पुर्ण रुपमा रोक लगाइएको सशस्त्र प्रहरीले जनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here