प्रशासनद्धारा कोरोना संक्रमित व्यक्तिको वडा शिल : स्थानिय युवाहरुद्धारा गाउँमा प्रवेश निषेध

0
283

संजय कुश्वाहा–

परासी, १ जेष्ठ । जिल्लाको एकजना व्यक्तिमा कोराना संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय नवलपरासीले लकडाउनलाई कडा पारेको छ । प्रशासनले कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलिन नदिन संक्रमित व्यक्तिको वडालाई शिल गर्दै कडा निगरानी बढाएको छ । उक्त वडामा पुर्ण रूपमा अवागमन बन्द गरेकाे छ । अाज जिल्ला संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समितिको बैठकबाट प्रशासनले कोरोनाको संक्रमण समुदायमा फैलिन नदिन प्रतापपुर गाउँपालिकको वडा ५ लाई शिल गर्दै कडा निगरानी बढाएकोे छ ।

त्यस्तै कोरोना भाईरसको जोखिमलाई न्युनिकरण गर्न जिल्लामा लकडाउन कडा पार्दै आगामी जेष्ठ ५ गतेसम्मका लागि जिल्लाका सबै बंैक, बित्तिय संस्थाहरु बन्द गर्न र सम्पुर्ण निर्माण कार्यहरु बन्द गर्न निर्देशन जारी गरेको छ । अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र सवारी साधन चलाउन अनुरोध पनि गरेको छ ।

त्यसैगरि कोभिड १९ को सम्भावित जोखिमलाई न्युनिकरण गर्न जिल्लाको बिभिन्न गाउँटोलहरूमा स्थानिय युवाहरुले प्रवेश निषेध गरेका छन् । स्थानियहरुले एक गाउँबाट अर्काे गाउँमा जान रोक लगाउन बाटोलाई थुनेका छन् । जिल्लाको प्रतापपुर गाउँपालिका ५ बैदौली निवासी ३६ बर्षिय युवकमा कोरोना पोजेटिभ भेटिएपछि उक्त गाउँका युवाहरु बाटोलाई थुनेर बाहिरी व्यक्तिलाई प्रेवेश निषेध गरेका छन् ।

युवाहरुले, ‘लक डाउनको पालना गरौं, आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने पोस्टर ब्यानरसहित एक गाउबाट अर्को गाउमा प्रवेश निषेध गरेका पाइएको छ । स्थानिय युवाहरुले प्रतापपुर गाउपालिकाको बैदौली, श्रीरामपुर, बसहिया, गुठीपरसौनी, पिपरपाती, प्रतापपुर लगाएतको बाटोमा बाँस र भाटा राखेर बाटो बन्द गरेका स्थानिय युवा राजु चतुर्वेदी बताएका छन् ।
रोजगारीको सिलसिलामा भारत गएका नेपाली कामदारहरु यतिबेला भारतमा लकडाउन खुकुलो र ट्रेन चलेपछि स्वदेश फर्किनेको संख्या सिमामा बढेको छ । ३ दिनको अन्तरालमा जिल्लाको विभिन्न नाकाबाट करिब १५० जना नेपाली कामदार जिल्ला भित्रेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here