बरामद मदिरा नष्ट

0
276

रबिन्द्र यादव-

परासी, १ जेठ। जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले बिहिवार ठुलो मात्रामा मदिरा नष्ट गरेको छ । जिल्लाको सिमावर्ती क्षेत्रबाट बरामद गरेको घरेलु तथा अन्य मदिरा नष्ट गरेको हो ।

लकडाउनको मौका छोपी अबैध रुपमा नेपालबाट भारततर्फ लैजादै गरेको मदिरा बरामद गरि स्थानिय संचारकर्मीको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका सुचना अधिकारी विरेन्द्र थापाले बताए । लकडाउनको समयमा उक्त मदिरा भारत लैजादै गरेको अवस्थामा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमले जनाएको छ ।

नष्ट गरिएको मदिरामा ४ सय चालीस लिटर घरेलु मदिरा रहेको छ भने २५ सय सोफी , ५ सय चालीस सिसी सुपर ग्रिनी तथा १९ सय तीस सिसी स्टार रहेको प्रवक्ता थापाले जनाएका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here