पश्चिमी नवलपरासीमा एकजना कोरोना पोजेटिभ भेटिएपछि स्थानिय त्रसित

0
388

रबिन्द्र यादव–

परासी, १ जेष्ठ । यहि बैशाख २८ गते भारतको दिल्ली गाजियाबाद शहरबाट अवैध बाटो हुदै पश्चिम नवलपरासी आएका एक ३६ बर्षिय युवकमा कोरोना संक्रमण पुष्टि भएपछि स्थानियहरु त्रसित भएका छन् । दिल्लीको गाजियाबादबाट ट्रेन चढेर भारतको कुशिनगर जिल्ला आइपुगेका उक्त संक्रमति व्यक्ति आफनो ससुरारी गाउँ सिसहीमा २ दिन बसेर मात्र नेपाल प्रवेश गरेका थिए । उनको घर जिल्लाको प्रतापपुर गाउँपालिका ५ बैदौली गाउँमा हो ।

उनी बैशाख २८ गते विहान ४ बजेको समयमा जिल्लाको बसैया नाकाबाट लुकीछिपी छिरेर बैदौली पुलमा आई पुलमा रहेको एक छाप्रोमा बसेर आराम गरेका थिए । उनलाई बैशाख २९ गते स्थानियहरुले स्थानिय तह र स्थानिय प्रशासनको सहयोगमा उनलाई बेलाटारी स्थित त्रिभुवन क्याम्पसको क्वारेन्टाईमा पठाएका थिए । उनी सहित क्वारेन्टाईनमा रहेका ३० जनाको स्वाब नमुना संकलन गरि कोरोना परिक्षणका लागि पठाइएको थियो जसमध्ये स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई कोरोना संक्रमण पुष्टि गरेपछि जिल्लामा त्रास बढेको हो ।

संक्रमित व्यक्ति संग सम्पर्कमा आएको आशंकामा ३ जनालाई क्वारेन्टाईन पठाइयो
उनको कन्टेक्ट टे«सिङ्ग गर्दा पुलमा पसल थापी बसीरहेकोे छाप्रोका घर बेटी सहित तिन जनालाई सम्पर्कमा आएको आशंकामा आज उनीहरुलाई क्वारेन्टाईन पठाइएको प्रतापपुर गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार अझै उनको कन्टेक्ट ट्रेसिङ्ग भैरहेको जनाएको छ यता बैदौली गाउँलेहरु उक्त गाउँमा बाहिरी व्यक्तिको अवागन बन्दका लागि बाटो बाँस र भाटले छेकेको र घरबाट कोई पनि बाहिर ननिस्किन सतेत गराएका छन् ।

पहिलो पटक नवलपरासीमा कोरोना पाजेटिभ देखिएपछि स्थानिय सहित जिल्लाबासीहरु नै त्रसित भएका छन् । यहि बैशाख ३० गते मात्र सिमाबाट प्रतापपुर गाउँपालिकामा २४, सुस्ता गाउँपालिकामा ७८, सरावल गाउँपालिकामा ६ र पाल्हीनन्दन गाउँपालिकामा २२ जना नेपाल प्रवेश गरेका छन् अहिले उनीहरु सम्बन्धित स्थानिय तहको क्वारेन्टाईनमा रहेको र उनीहरुको स्वाब नुमना संकलन पनि भैरहेको गाउँपालिकाहरुले बताएका छन् । तर यसरी ठुलो मात्रामा नेपाली कामदारहरु बैध र अवैध रुपले जिल्लामा छिरेपछि कोरोना संक्रमणको जोखिम बढन सक्ने अनुमान गर्दै जिल्लाबासीहरु त्रसित बनेका छन् । अहिले जिल्लाको ७ वटै स्थानिय तहको क्वारेन्टाईनमा कुल ३२५ जना रहेका छन् ।

सिमामा निगरानी गर्न खटिएको सुरक्षाकर्मीहरु यसरी ठुलो मात्रामा दशगजामा आईपुगेका नेपाली कामदारहरुलाई दशगजामा रोकि जिल्ला प्रशासन र स्थानिय तहको समन्वयमा सम्बन्धित गाउँपालिकाको क्वारेन्टाईनमा पठाउने गरेपनि केहि व्यक्तिहरु अवैध बाटोनै प्रयोग गरि नेपाल प्रवेश गरिरहेकाले जिल्लामा संक्रमणको जोखिम बढेको स्थानिय बताउछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here