परासी, ३१ बैशाख । पश्चिम नवलपरासीमा पनि एकजना कोरोना पोजेटिभ भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै जिल्लाको प्रतापपुर गाउँपालिका वडा ५ बैदौली गाउका एक ३६ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाएकोे छ । जिल्लाको प्रतापपुर गाउँपालिकाबाट यहि बैशाख २९ गते ३० जनाको कोरोना परिक्षणका लागि स्वाब नमुना संकल गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो जसमध्ये उनको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ ।
संक्रमित व्यक्ति प्रतापपुर गाउँपालिकाको एक क्वारेन्टाईन थिए । उनी जिल्लाको पहिलो कोराना पोजेटिभ व्यक्ति रहेका छन् । अहिले उनलाई जिल्लाको पृथ्वीचन्द्र अस्पतालको आईशोलेशनमा पठाउने तयारी भैरहेको प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्माले जानकारी दिएका छन् ।
संक्रमित व्यक्ति यहि बैशाख २८ गते भारतबाट सिमामा आईपुगेका थिए । उनी सहजै नेपाल प्रवेश नपाएपछि अवैधबाटो हुदै नेपाल छिरेका थिए तर उनी घर पुग्न नपाउदै स्थानियहरुले बैदौली पुलबाट नियत्रणमा लिई गाउँपालिका र प्रहरीको सहयोगमा क्वारेन्टाई पठाइएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालयले २९ गते कोरोना परिक्षणका लागि उनको स्वाब संकलन गरि परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाएको थियो । जिल्लामा अहिलेसम्म अरुको रिपोर्ट नेगेटिभ आएको र उनमा मात्र कोरोना पोजेटिभ देखिएको छ । जिल्लामा कोरोना पोजेटिभ भेटिएपछि स्थानियमा सनत्रास बढेको छ । यता जिल्ला प्रशासन कार्यालयले उक्त संक्रमित व्यक्तिको कन्टेक्ट ट्रेसिङ्ग गर्ने र आवश्यक परे उक्त क्षेत्र सिल गर्ने जनाएको छ ।
स्वास्थ तथा जनसंख्या मन्त्रालयले प्रस विज्ञप्ती जारी गर्दै नवलपरासीका उक्त व्यक्ति सहित पछिल्लो पटक २४ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको छ । रुपन्देहीमा १२ जन, कपिलबस्तुमा ८ जना र पर्सामा २ जना गरी २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डाक्टर समिर कुमार अधिकारीले बताएका छन् । क्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।