पत्रकार महासंघद्धारा जिल्ला स्तरिय सञ्चार संवाद कार्यक्रम

0
279

परासी, ३१ बैशाख । नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीले कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि जिल्ला स्तरिय सञ्चार संवाद कार्यक्रम संचालन गरेको छ । जिल्ला समन्वय समितिको समन्वयमा महासंघले उद्योग बाणिज्य संघको सभाहलमा उक्त संवाद संचालन गरेको हो ।

जिल्लामा कोरोना नियन्त्रण र यसको संक्रमण रोकथामका लागि जिल्लामा गरिएका कार्य र पुर्व तयारी बारे आम नागकिरहरुमा जानकारी दिन र सम्बन्धित नियकालाई थप सचेत गराउने उद्देश्यले उक्त सञ्चार संवाद चलाइएको महासंघ अध्यक्ष हरि शर्माले जानकारी दिएका छन् । संवाद कार्यक्रममा जिल्लामा लकडाउनको प्रभावकारिता, क्वारेन्टाईनको अवस्था र व्यवस्थापन, गरिब तथा विपन्नलाई राहत वितरण, क्रोना परिक्षण लगायतका विषयमा जिसस प्रमुख, स्थानिय तहका प्रमुख र जिल्ला प्रशासन तथा स्वास्थ्य कार्यालयका प्रमुखहरु संग संवाद गरिएको थियो ।

करिब २ घण्टा चलेको उक्त संवाद कार्यक्रम जिल्लाका विभिन्न रेडियो माफर्त प्रत्यक्ष प्रशारण गरिएको थियो । पत्रकार विकाश अधिकारीले संचालन गरेको संवाद कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख शिवशंकर रायले जिल्लामा कोराना भाईरसको नियन्त्रणका लागि गरिएको तयारी बारे जानकारी गराएको थिए भने जिल्ला लकडाउनको अवस्था र सिमाको अवस्था बारे प्रमुख जिल्ला अधिकारी बासुदेव दहालले जानकारी दिएका थिए । त्यस्तै स्वास्थय कार्यालय प्रमुख गौरव ढकालले जिल्लाको विभिन्न क्वारेन्टाईनमा बसेकाहरु अवस्था र क्रोना परिक्षणको अवस्था बारे जानकारी दिएका थिए ।

त्यस्तै रामग्राम नगरपालिका प्रमुख नरेन्द्र कुमार गुप्ता, सुनवल नगरपालिका प्रमुख भिम बहादुर थापाक्षेत्री, बर्दघाट नगरपालिका प्रमुख धिरज शर्मा, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता, सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी, प्रतापपुर गाउँपालिका अध्यक्ष राजकुमार शर्मा, सुस्ता गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेले आ–आफनो गाउँ नगर क्षेत्रमा व्यवस्थापन गरिएको क्वारेन्टाईनको अवस्था, राहत वितरण, लकडाउनको प्रभावकारिता, थप क्वारेन्टाईनको व्यवस्थापन र क्वारेन्टाईनमा बसेकाहरुको क्रोना परिक्षणका लागि सम्बन्धित निकाय संगको समन्वय बारे जानकारी दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here