परासी, ३१ बैशाख । जिल्ला स्तरिय मस्जिद मदरसा अनुगमन समिति पुर्वी नवलपरासीले जिल्लाका विभिन्न मस्जिद मदरसाहरु अनुगमन गरेको छ । मुस्लिम आयोगद्धारा गठित उक्त समितिले जिल्लाको देवचुली, कावासोती नगरपालिका र बिनयीत्रिवेणी गाउँपालिकाका विभिन्न मस्जिद मदरसाहरुको अनुगमन गरेको हो ।
समितिले मंगलबार देवचुली नगरपालिकाको रजहरमा रहेको मदरसा अरबिया ईस्लामिया मोहम्मदिया मस्जिद मदरसाको अनुगमन गरेको हो भने कावासोती नगरपालिकाको कोईलापानीमा रहेको कोईलापानी जामा मस्जिदको अनुगमन गरेको हो । त्यस्तै बिनयी बिवेणी गाउँपालिकाको नयाँ बेल्हानीका मस्जिद मदरसाहरु पनि अनुगमन गरिएको हो । अनुगमनको क्रममा मुस्लिम समुदायले लकडाउनको पाल्ना गरे नगरेको, मस्जिदमा सामुहिक नमान भए नभएको र मस्जिदमा कोई अपिरिचित व्यक्ति लुकेर बसे वा नबसेको देखिएको थियो ।
अनुगमनमा मुस्लिम समुदायले मस्जिदमा सामुहिक नमाज नपढेको र लकडाउनको पुर्ण पाल्ना गरेको पाइएको समितिका संयोजक भेष बहादुर खरेलले जानकारी दिए । यस अघि पश्चिम नवलपरासीका ५६ वटा मस्जिद मदरसाहरुको पनि अनुगमन भैसकेको र दुवै जिल्लाको अनुगमन सकिएको उनले जनाए । अनुगमनमा समितिका संयोजक भेष बहादुर खरेल, सदस्य हैदर अलि मोमिन, बुद्धन अलि, ईजहार खान, करम हुसैन अंसारी, नजरुद्धिन मियाँ, जिया खान लगायत रहेको र अनुगमन सम्बन्धित स्थानिय तह र स्थानिय प्रहरीको रोहबरमा गरिएको उनले जनाए ।