सांसद कण्डेलद्धारा हातधुने ट्यांकी प्रदान

0
382

परासी,३१ वैशाख । पुर्व गृहराज्य मन्त्री एवं प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कण्डेलले मंगलबार गृहजिल्लास्थित सेवाग्राहीको अधिक भिडभाड हुने निकायमा हात धुने पानी ट्यांकी उपलब्ध गराउनु भएको छ । 

उहाँले जिल्ला पृथ्वीचन्द्र अस्पताल परासी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय परासी र महेशपुर भन्सार कार्यालयलाई एक/एक वटा खुट्टाबाट सञ्चालन हुने ट्यांकी उपलब्ध गराउनु भएको हो । कोरोना संक्रमणका अवस्थामा यसको प्रभाव न्यूनीकरणका लागि भैरहेका अधिकतम प्रयास स्वरूप सेवाग्राहीको अधिक आवतजावत रहने स्थानहरुमा आधुनिक सुबिधासहितको हातधुने ट्यान्की उपलब्ध गराएको सांसद कण्डेलले बताउनुभयो । 

उक्त अवसरमा नेपाली काङ्ग्रेस जिल्ला सभापती बिष्णु प्रसाद पौडेल प्रदेशसभा सदस्य बैजनाथ जैसवाल,जिल्ला समन्वय समिति प्रमुख शिवशंकर राय,रामग्राम नगर उपप्रमुख रम्भा कुवर, कांग्रेस जिल्ला सचिव गजानन्द पटेल लगायतको सहभागिता रहेको सांसद कण्डेलका स्वकीय सचिव कमलकिशोर रायमाझीले जानकारी दिनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here