भारतले नहरमा पानी नछोडेपछि पावर हाउसलाई प्रतिदिन ७ लाख २० हजार घाटा

0
454

परासी, ३० बैशाख । भारतीय पक्षले गण्डक नहरमा समयमै पानी नछोडेपछि पावर हाउले प्रतिदिन ७ लाख २० हजार रुपैया घाटा व्यहो¥दै आएको छ । गण्डक नहर सहित भारतीय नहर मर्मत तथा सरसफाईका लागि भारीय पक्षले एक महिनामात्र नहरमा पानी बन्द गर्ने सेडुल रहेपनि अहिलेससम्म नहरमा पानी नछोडेपछि नवलपरासीको गण्डकजल विद्युत केन्द्रले प्रतिदिन ७ लाख २० हजार रुपैया घाटा व्यहो¥दै आएको जनाएको छ ।

१५ मेगावाट क्षमतावान रहेको उक्त विद्युत उत्पादन गृहमा हाल प्रतिघण्टा ३ मेगावाट विद्युत उत्पादन हुदै आएको थियो तर पावर हाउसले समयमा पानी नपाएपछि यतिबेला उत्पादन नै शुन्यमा झरेको छ । देश लकडाउनले सबै नागरिकहरु घरमै बसेका कारण जिल्लामा विद्युत खपत बढदै गएको छ तर पावर हाउमा उत्पादन भने शुन्यमा झरेको छ ।

नेपाल भारत गण्डक सम्झौता अनुसार नहर मर्मत तथा सरसफाईका भारतीय पक्षले बर्षको दुई पटक एक महिना नहरमा पानी बन्द गर्न पाउने प्रावधान रहेकाले उनीहरु गण्डक नहरमा पानी बन्द गर्दै आएका छन् । गण्डक नदीको कमाण्ड भारतीय सरकारको हातमा रहेकाले उनीहरु समयमा नहरमा पानी छोडदैनन् जसकारण विद्युत गृहलाई करोडौ रुपैया घाटा लाग्दै आएको छ ।

यस पटक नहरमा पानी शटडाउन २६ मार्चदेखि २५ अप्रिलसम्म अर्थात एक महिनासम्मको लागि मात्र थियो तर आज १७ दिन बढि भईसक्दा पनि भारतीय पक्षले अहिलेसम्म नहरमा पानी छोडेको छैन । यसरी पावर हाउसले १७ दिनसम्म कुल १ करोड २२ लाख ४० हजार रुपैया घाटा व्यहोरीरहेको पावर हाउसले जनाएको छ । अझै नहरमा पानी आएन भने यो घाटा दर बढदै जानेछ । पावर हाउसले नहरमा पानीको लागि पटक पटक ताकेदा गर्दा पनि कुनै चाँसो नदेखाएको र सधै भारतीय पक्षले कहिलेपनि समयमा पानी छोडने गरेको पाइएको छैन ।

पावर हाउस जिल्लाको प्रतापपुर गाउपालिका ७ सुर्यपुरामा स्थापित छ । १५ मेगावाट क्षमतावान पावर हाउसमा ५÷५ मेगावाटको ३ वटा टरवाईन जडान गरिएको छ । तर टरवाईन नं. १ र २ विग्रेर ध्वस्त भएको छ । टरवाईन नं. ३ बाट ५ मेगावाट विद्युत उत्पादन ठाउँमा नहरमा पानीको कमीले गर्दा प्रतिघण्टा ३ मेगावाट मात्र विद्युत उत्पादन हुने गरेको थियो छ । पावर हाउस मर्मतमा नेपाल सरकारले ध्यान नदिँदा पावर हाउस झनै विग्रिदै उत्पादन घटदै गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here