रबिन्द्र यादव–
परासी, २८ बैशाख । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले लागु औषध सहित दुईजनालाई पक्राउ आज सार्वजनिक गरेको छ । दशगजामा निगरानी गर्न गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा लागुऔषध सहित दुईजना युवालाई पक्राउ गरेको हो ।
बैशाख २४ गते जिल्लाको प्रतापपुर गाउँपालिका ५ बसैया प्रहरी चौकीबाट गस्तीमा खटिएको प्रहरी टोलीले दशगजाबाट आउदै गरेको एकजना युवालाई शंकाको आधारमा पछयाउदा उनको साथबाट ठुलो मात्रामा लागु औषध बरामद भएपछि उनलाई र उनको साथीलाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले जानकारी दिएका छन् ।
डिएसपी थापाका अनुसार पक्राउ पर्नेमा बर्दघाट नगरपालिका ६ बस्ने २८ बर्षिय बिजय चौधरी र २५ बर्षिय सुनिल चौधरीलाई रहेको जनाएका छन् । उनीहरुका साथबाट ओनेरेक्स सिरफ १ सय एमएलको ४ बोतल नाइटोभेट ७५ पिस, स्पास्मो ८ क्याप्सुलका ५४ थान बरामद भएको र उनीहरुसँगै सम्लग्न अन्य फरार रहेकोले उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।