नवलपरासीमा प्रहरी र स्थानिय बिच झडप : ४० जना स्थानिय घाईते

0
256

परासी, २८ बैशाख । पश्चिम नवलपरासीमा प्रहरीको लाठीचार्जबाट ४० जना घाइते भएका छन् । गएराती ८ बजेको सयममा जिल्लाको पाल्हीनन्दन गाउँपालिका वडा ६ सनईमा सहानी र यादव विरादरीबिच भएको विवाद सल्टाउन पुगेको प्रहरी टोलीले स्थानियहरु माथि लाठीचार्ज गर्दा करिब ४० जना घाईते भएको स्थानिय राजेन्द्र सहानीले आरोप लगाएका छन् ।

उनका अनुसार लाठीचार्जबाट एक जनाको हात भाँचेको छ भने कसैको हात, खुट्टा, टाउको र पिठयुँमा लाठीको डाम (छाप) बसेको बताएका छन् । प्रहरी घर–घरमा घुसेर लाठीचार्ज गर्दा थुप्रै जना घाईतेको भएको र घाईतेहरुको जिल्ला पृथ्वीचन्द्र अस्पताल लगायत विभिन्न स्थानिय मेडिकलहरुमा उपचार भैरहेको सहानीले जानकारी दिएका छन् । उनी पनि घाइते भएको बताएका छन् ।

यता जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब उपरिक्षक विरेन्द्र थापाले, यादव र सहानी बिरादरीबिच भएको झै–झगडामा घाईतेलाई एम्बुलेन्समा राखी उपचारको लागि लैजाँन खोज्दा स्थानियले एम्बुलेन्स र प्रहरीको गाडीलाई रोक्दै प्रहरी गाडीमाथि आक्रमण गर्ने प्रयास गर्नथालेपछि प्रहरीले सामान्य बल प्रयोग गरि भिडलाई छितिरबितिर पारेको बताएका छन् । डिएसपी थापाले सामान्वय बल प्रयोग गरि भिडभाडलाई हटाइएको लाठीचार्ज नगरेको दावी गरेका छन् ।

स्थानिय एक व्यक्तिले केहि सार्वजनिक जग्गा मिचेर जोतभोग गर्दै आएको बिषयले दुई पक्षबिच विवाद खडा गरेका थियो । सोही विषयमा राती केहि व्यक्तिबिच भनाभन भएपछि सो घटना घटन पुगेको हो । यस विवादलाई राजनितिक विषय पनि हुन सक्ने अनुमान गरिएको छ । थप विवरण आउन बाकी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here