परासी, २७ बैशाख । पश्चि नवलपरासीको सुनवलन नगरपालिकाले आफनो नगरभित्र ५हजार व्यक्तिलाई क्वारेन्टाईनमा राख्नेगरि क्वारेन्टाईन व्यवस्थापनको तयारीमा लागेको छ । लकडाउनले भारतमा फँसेका मजदुरहरुलाई भारत सरकारले उनीहरुलाई गनतब्यमा पु¥याउन विशेष ट्रेन संचालनमा ल्याएपछि पश्चिम नवलपरासीलाई पनि चुनौती थपिदै गएपछि उक्त नगरपालिकाले सो क्वारेन्टाईन व्यवस्थापनको तयारीमा जुटेको हो ।
जिल्ला साढे २८ किलो मिटर खुल्ला सिमाना रहेको छ । जिल्लाको सिमामा निगरानी गर्न शसस्त्र प्रहरी तयनाथ भएपनि रातीको समयमा नेपाली कामदारहरु विभिन्न नाकाबाट धमाधम छिर्न थालेपछि जिल्लामा चुनौती थपिएको हो । गएराती मात्र जिल्लाको विभिन्न नाकाबाट १५ जना नेपाल छिर्दा शसस्त्र प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिई पुनः भारतीय प्रहरीलाई बुझाएका थिए ।
यसरी भारतीय ट्रेन चढेर सिमामा आएका नेपाली कामदारहरु लुकिछिपी नेपाल छिर्दा उनीहरुलाई सुरक्षाकर्मीहरु नियन्त्रणमा लिई क्वारेन्टाईन पठाउन थालेपछि नगरपालिकाले आफनो प्रत्येक वडाका सामुदायिक भवन र विद्यालयहरुलाई व्यस्थित क्वारेन्टाईन बनाउन र स्थानिय स्तरबाट सहयोग जुटाउन तर्फ ध्यान दिएको नगर प्रमुख भिम बहादुर थापा क्षेत्रीले जानकारी दिएका छन् ।
नगरपालिकाले आफनो वडा ११ जर्गहाको चौरमा बनाएकोे १०० क्वारेन्टाईनलाई बर्षा, हुरीआँधी र सर्पको बिगबिगीका कारणले उक्त क्वारेन्टाईनलाई वडा ४ रम्वापुर स्थित महाकवि देवकोटा क्याम्पसमा सारेर सेवा प्रदान गर्दै आएको छ । २०० जनालाई राख्न सक्ने व्यवस्थापन सहितको उक्त क्वारेन्टाईनमा हाल २१ जना रहेका छन जसमध्ये ९ जना भारतीय रहेका छन् भने ११ जना भारतबाट आएका नेपाली कामदारहरु रहेको नगरपालिकाले जनाएको छ ।
क्वारेन्टाईनमा बसेकाहरुलाई निशुल्क रुपमा खानाको मेस चलाइएको छ । क्वारेन्टाईनमा बसेकाहरुलाई व्यस्थित शौचालय, साबुन पानी र व्यस्थित बेडको व्यवस्था गरिएको छ । उनीहरुलाई विहान र साँझ खाना खुवाउने गरिएको छ भने दिउँसो खाजाको व्यवस्था पमि मिलाइएको सुनवल नगरपालिका वडा ४ का अध्यक्ष बिर बहादुर गुरुङ्गले जानकारी दिएका छन् ।
क्वारेन्टाईन संचालनमा स्थानियहरुले सागसब्जी, तरतरकारी र आर्थिक सहयोग गर्दै आएका छन् भने स्थानिय कैलासीसवर शिवालय मन्दिर समितिले निशुल्क रुपमा खाना पकाउने र क्वारेन्टाइनमा बसेकाहरुलाई खुवाउने कार्य गर्दै आएको समिति अध्यक्ष गोपाल आचार्यले बताएका छन् । भारतमा रहेका नेपाली कामदारहरु सिमाबाट लुकिछिपी नेपाल भित्रिन थालेपछि जिल्लालाई चुनौती थपिएको छ । हाल जिल्लाको ७ वटै स्थानिय तहगरि १९६ जना क्वारेन्टाईनमा पुगेका छन् ।