सन्जय कुश्वाहा-
परासी, २६ बैशाख । भारतबाट अबैध रुपमा नेपाल छिरेका १५ नेपाली कामदारलाइ शसस्त्र प्रहरिले भारतिय क्वारेन्टाइनमा बुझाएका छन। भारको दिल्ली, बम्बै,लुधियाना लगायतबाट फर्केका १५ जना नेपाली कामदारहरु अबैध रुपमा लुकिछेपी नवलपरासीको चोरनाकाबाट नेपाल छिरेपछि सिमामा निगरानी गरिरहेका शसस्त्र प्रहरीहरुले उनीहरुलाइ नियन्त्रणमा लिइ भारतीय एसएसबी प्रहरी मार्फत भारतिय क्वारेन्टाइनमा पठाएका हुन।
भारतीय सरकारले बिशेष ट्रेन संचालन गरि विभिन्न राज्यमा लकडाउनमा फसेका काम्दारहरुलाइ उनिहरुको घर फर्काउदा यी नेपाली कामदारहरुपनी सोही ट्रेनमा आएका हुन तर आफ्नो देश फर्किन नपाएपछि चोरनाकाबाट लुकिछिपी नेपाल छिरेपछि प्रहरीको नियन्त्रणमा परेका हुन। कोभिड १९ कोरोना भाइरस नियन्त्रणका लागि जारी लकडाउनको ४६ औं दिन भारतबाट आएर खुला सीमाबाट स्वदेश छिर्न खोजनेलाई प्रवेशमा रोक लगाउदै उनिहरुलाई क्वारेन्टाइन फिर्ता पठाइएको हो।
भारतको गुजरात र बुम्बईबाट आएर पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकाको बहहिया नाकाबाट ९ जना,धर्मौलीबाट १ जना ,कठहवाबाट १ जना त्यस्तै सुस्ता गाउपपलिकाको बन्कटी नाकाबाट ४ जना गरि कुल १५ जना पुरूष खुल्ला सिमाबाट स्वदेश छिर्न खोज्दा भाइरस नियन्त्रणका लागि सीमामा परिचालित सशस्त्र प्रहरीले प्रवेश गर्न नदिई फिर्ता पठाएको छ ।
सशस्त्र प्रहरी नेपाल बोडर आउट पोस्ट गुठी परसौनीले भारतबाट आएका १५ जनालाई दशगजा नजिकै बाट नियन्त्रणमा लिई उनिहरुलाई भारतीय सीमा सुरक्षा बल एसएसबी झुलनिपुरको जिम्मा लगाएको हो जनाएको छ।
कोभिड १९ कोरोना भाइरस नियन्त्रणका लागि नेपाल-भारत खुला सीमा परिचालित सशस्त्र प्रहरीले उनिहरुलाई प्रवेशमा रोक लगाउदै भारतीय एसएसबीको जिम्मा लगाई भारतको महराजगंज जिल्ला निचलैाल स्थित क्वारेन्टाइनमा राखिने सशस्त्र प्रहरी नेपाल बोडर आउट पोस्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीले बताए ।