परासी, २३ बैशाख । स्थानिय तस्करहरुले तस्करी गर्न नपाएपछि भुजहवाँ शसस्त्र प्रहरी बिओपी माथि ढुङ्गमुढा प्रहार गरेका छन. । पश्चिम नवलपरासीको सिमावर्ति सरावल गाउँपालिका ७ भुजहवाँका स्थानिय तस्कर व्यपारीहरुले भुजहवाँमा रहेको शसस्त्र प्रहरीको बिओपी क्याम्प माथि ढुङ्गामुढा प्रहार गरि आक्रमणको प्रयास गरेका छन् ।
हिजो साेमबार साँझ ८ बजेको समयमा क्याम्पमा सरावल गाउँपालिका प्रमुख राधेश्याम चौधरी, वडा ५,६ र ७ का वडा अध्यक्ष र बिओपी ईन्चार्ज सहितको टोलीले किसानहरुको समस्या सामाधानका लागि अनौपचारिक छलफल गरिरहेका थिए कि क्याम्प अगाडी शसस्त्र प्रहरीले तस्करी गराउने हामीलाई काम गर्न नदिने नाराबाजी गर्दै स्थानिय २५÷३० जना तस्कर व्यपारीहरु होहल्ला गर्दै गेटमा ढुङ्गामुढा र लहुरोले प्रहार गर्न थालेको वडा ७ अध्यक्ष ह्यात अलि खानले जानकारी दिए । उनका अनुसार तिनी सबै स्थानिय तस्कर व्यपारी रहेको बताए ।
भुजहवाँ दशगजामा रहेको एक गाउँ हो, उता पारी भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको सिमावर्ति गाउँ लक्ष्मीपुर बजार रहेको छ । विगतका समयदेखि भुजहवाँ गाउँबाट स्थानिय व्यपारीहरु सिमापारी लक्ष्मीपुर बजार मटर, छोहडा, मकैको तस्करी गर्दैै आएका छन् भने पारी लक्ष्मीपुर बजारबाट कपडालत्ता, चिनी, खाद्यान्न, मलबिउ, हार्डवेयर तथा ईलेक्ट्रिक सामान सहित लागु औषध सहितको कारोबार गर्दै आएछन् तर अहिले देश लकडाउनले सिमा पुरै सिल भएका कारण उनीहरु तस्करी गर्न नपाएपछि छटपटिन थालेको वडा अध्यक्ष खानले बताए ।
भारतमा क्रोना भाईरसको संक्रमण बढन थालेपछि जिल्लाको २८ किलोमिटर दुरीमा रहेको खुल्ला सिमा पुरै बन्द गरि शसस्त्र प्रहरीको निगरानी बढाइएको छ जसकारण तस्करहरु तस्करी गर्न पाएका छैनन् । तरपनि दशगजामै बस्ने केहि तस्करहरु मौकाछोपी सिमापारीबाट लुकिछिपी धानको बिउ, चिनी, खाद्यान्न सामाग्री र तरतरकारी नेपाल भित्राई रहेको पाइएको छ । त्यहि देखेर यता भुजहवाँका व्यपारीहरु आफुँहरुपनि सहजै सरसमान ओसार पोसार गर्न पाउँभनि पटक पटक शसस्त्र प्रहरी संग विवाद गर्दै आएका छन् ।
यता अहिले धानको खेती गर्ने सिजन रहेको र किसानहरुलाई धानको बिउ र मलखादको व्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा बिओपी ईन्चार्ज र गाउँपालिका अध्यक्ष र वडाअध्यक्षहरुको अनौपचारिक छलफल भैरहेको थियो कि हामीले पनि मलबिउ र विभिन्न सरसमाना ओसार पोसार गर्न पाउनु पर्ने माग गर्दै उनीहरुले बिओपी माथि ढुङ्गामुढा प्रहार गर्दै आक्रमणको प्रयास गर्न खोजेको बिओपीले जनाएको छ । २५÷३० जना युवा व्यपारीको जमातले गेटमा ढुङ्गामुढा र लहुरो हान्न थालेपछि विओपीले सामान्य बल प्रयोग गरि व्यपारीहरुको भिडलाई हटाएको शसस्त्र प्रहरी बल नेपाल २६ नंं गणका गणपति शसस्त्र प्रहरी उपरिक्ष भरत खनियाले जानकारी दिए ।
उनका अनुसार दुबै पक्षबाट कोईपनि घाईते नभएको र घटनाको थप अनुसन्धान भैरहेको बताए । यता बिओपीले यो घटना पहिलो पटक नभई पहिला पनि ३ पटक व्यपारीहरुले क्याम्प घेर्ने प्रयास गरिसकेको जनाएको छ । त्यसैगरि तस्करहरुले नेपालबाट भारत रक्सी छिराउदा र भारतबाट नेपाल लागुऔषध सहित विभिन्न सरसमान नेपाल भित्राउदै शसस्त्र प्रहरीले ति कारोबारीहरु सहित सरसमानहरु बरामद गरिहरेको जनाएको छ ।