सकियो नवलपरासीका मस्जिद मदरसाको अनुगमन

0
287

परासी, २२ बैशाख । मस्जिद–मदरसा जिल्लास्तरिय अनुगमन समितिले सोमबार रामग्राम नगरपालिकामा रहेको मस्जिद मदरसाहरुको अनुगमन गर्दै जिल्लामा अनुगमन सकाएको छ । जिल्लामा रहेको ७ वटा पालिकामा ६ दिन लगाएर आज सोमबार जिल्लाको सबै मस्जिद मदरसाहरुको अनुगमन कार्य सकाएको हो ।

आज अनुगमनको छैठोदिन रामग्राम नगरपालिकाको परासी, पाडाटिकर, देवगाँव, महुवारी, डिघवल र पोखरापालीका मस्जिद मदरसाहरु अनुगम गर्दै जिल्लामा अनुगमन सकिएको समिति सदस्य हैदर अलि मोमिमले जानकारी दिएका छन् । उनका अनुसार रामग्राम नगरपालिका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको रोहबरमा परासी मदरसाबाट अनुगमन शुरु गरिएको थियो ।
मुस्लिम आयोगले नवलपरासीका मस्जिद र मदरसाहरु अनुगमन गर्न भेष बहादुर खरेलको संयोजकत्वमा गठन गरेको जिल्लास्तरिय अनुगमन समितिले आज पश्चिम नवलपरासीको अनुगमन सकिएको र भोलीदेखि पुर्वी नवलपरासीको मस्जिद मदरसाहरुको अनुगमन गर्ने समितिका संयोजक बिबि खरेलले जानकारी दिएका छन् ।

मस्जिद मदरसाहरुमा अनुगमन गर्दा कोई पनि अपरिचित व्यक्तिहरु लुकेर नबसेको र मुस्लिम समुदायले सामाजिक दुरी कायम गरि लकडाउनको पाल्ना गरेको पाइएको छ । अनुगमनमा समितिका संयोजक भेष बहादुर खरेल, सदस्य हैदर अलि मोमिन, ईजहार खान, करम हुसैन, मौलाना सैयद गुलाम हुसैन मिँया, बुद्धन अलि र नगरपालिकाका प्रतिनिधि रहेको समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here