नवलपरासीमा २०७ जनाकै कोरोना रिपोर्ट नेगेटिभ

0
151

परासी, २१ बैशाख । पश्चिम नवलपरासीमा २०७ जनाकै क्रोना परिक्षण रिपोर्ट निगेटिभ आएको छ । जिल्ला स्वास्थ्य कार्यालयले पिसिआर विधिबाट क्रोना परिक्षणका लगि जिल्लाको ७ वटै स्थानिय तहबाट २०७ जनाको संकलन गरेको स्वाब रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

जिल्लामा क्रोना परिक्षणका लागि जिल्लाको ७ वटै स्थानिय तहको क्वारेन्टाईनमा रहेका २०७ जनाको स्वाब नुमना संकलन गरि परिक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । उक्त संकलित स्वाब पिसिआर विधिबाट क्रोना परिक्षण गर्दा सबैको रिजल्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरब ढकालले जानकारी दिए ।

उनका अनुसार सुनवलन नगरपालिकाबाट ३७ जनाको स्वाब नमुना संकलन भएको थियो भने बर्दघाट नगरपालिकाबाट ३४, रामग्राम नगरपालिकाबाट २५ जनाको स्वाब संकलन गरिएको थियो । त्यस्तै पाल्हीनन्दन गाउँपालिकाबाट ३६, सरावलबाट २५, प्रतापपुरबाट २५, सुस्ताबाट २५ गरि कुल २०७ जनाको स्वाब संकलन गरिएको थियो जसमा परिक्षणबाट सबैको रिपोर्ट नेगेटिभ आएको कार्यालयले जनाएको छ ।

पिसिआर विधिबाट क्रोना परिक्षणका लगि स्वाब नुमना संकलन गर्न प्रदेशबाट जिल्लामा २९८ भिटिएम किट प्राप्त भएको थियो जस मध्येबाट २०७ खर्च भएको र हाल ९१ भिटिम बाँकी रहेको कार्यालयले जनाएको छ । त्यसैगरि क्वारेन्टाईनमा बसेका १७७ जनाको आरडिटि टेस्ट परि गरिएको थियो । उनीहरु नेगेटिभ भेटिएपछि घर फर्काइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here