लकडाउनले हुलाकी सडक, सुस्ता झोलुङ्गे पुल सहित एकदर्जन राष्ट्रिय योजना प्रावित

0
191

परासी, २० बैशाख । लकडाउनमा जिल्लाको दर्जनाें भौतिक पुर्वाधारका योजनाहरु प्रभावित बनेका छन् । विश्वभरि माहामारीका रुपमा फैलिरहेको क्रोना भाईरसको संक्रमण रोकथामका लागि देश लकडाउनले गर्दा जिल्लाको एक दर्जन बढि राष्ट्रिय पुर्वाधारका योजनाहरु प्रभावित बनेका छन् । जिल्लामा सदरमुकाम विकास कार्यक्रम अन्तर्गत फोरलेनको बाटो निर्माण र व्यस्थित हाटबजारका योजना प्रभावित बनेको छ भने यता हुलाकी सडकल निर्माण कार्यपनि लकडाउले ठप्प भएको छ । उता सुस्ताको झोलुङ्गे पुलको निर्माण कार्यपछि ठप्पै छ ।

लकडाउनका कारण मजदुरहरु घर फर्केको र निर्माण सामाग्री ढुवानी गर्न नमिलेका कारण ति योजनाहरुको निर्माण कार्य ठप्प भएको छ । जिल्लामा सडक सञ्जाल, भवन, तटबन्ध,पुल र पर्यटन जस्ता पुर्वाधारका योजनाहरु प्रभावित भएका छन् त्यस्तै जिल्लाको ७ वटै स्थानिय तहका पनि आफनो गाउँ–नगरको गौरवका योजना सहित बाटोघाटो, भवन, पुलपुलैया जस्ता सयांै पुर्वधारका योजनाहरु पनि प्रभावित बनेका छन् ।

क्रोना भाईरसको माहामारी रोक्न सरकारले देश नै लकडाउन गरेपछि लकडाउनको पाल्ना गर्दै ठेकेदार कम्पनी र कामदारहरु घर फर्किसकेका छन् भने स्थानिय तहमा उपभोक्ता समिति बन्न नसकेको र टेण्डर पनि हुन सकेको छैन । यता ठुला योजना समयमै काम सम्पन्न गर्न नसकेका ठेकेदार कम्पनीहरुलाई यो लकडाउन भने म्याद थप गराउने राम्रो बहाना बन्ने भएको स्थानिय बताउछन् । निर्माण कार्यहरु ढिलो हुदै गएपछि निर्माण कार्य समयमै सम्पन्न नहुने र फेरि यसबर्ष बर्षामा हिलो र धुलो जस्ता समस्या स्थानिय व्यवहोर्न बाध्य हुने र स्थानियको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here