घरेलु मदिरा सहित एकजना प्रहरीको

रबिन्द्र यादव–

परासी १९ बैशाख । नवलपरासी पश्चिममा लकडाउनको उल्लंघन गर्दै मदिराको तस्करी बढेपछि प्रहरीले सक्रियता देखाएको छ । प्रतापपुर गाँउपालिका वडा नं ४ बर्दघाटे पुल नजिक बाट अबैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको यु.पी.५६ एम५२२३ नम्बरको मोटरसाईकलबाट २१० बोत्तल फायर नामक मदिरा सहित एक ब्यक्तीलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसंधान गरि रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक खुमानन्द पाण्डेको नेतृत्वमा खटिएको गस्ती टोलीले नियन्त्रणमा लिई आवश्यक कारवाही अगाडि बढाएको हो । यसैगरी बिहिवार दिउँसो सुस्ता गाँउपालिका वडा नं. १ रुपौलियाबाट १ सय लिटर घरेलु मदिरा लकडाउनको अवज्ञा गर्दै नेपाल भित्रै एक स्थानबाट अर्को स्थानमा लग्दै गरेको अवस्था प्रहरीले नियन्त्रणमा लिई घरेलु मदिरा नष्ट गरेको प्रहरीले जानकारी दिएको छ ।

Related articles

लायन्स क्लब अफ रामग्रामद्धारा बाढिपिडिलाई खाद्यान्न र कपडा वितरण

परासी, २४ असोज । लायन्स क्लब अफ रामग्रामले रामग्राम नगरपालिका १ सहुवाटिकरका बाढि पिडित घरपरिवारलाई खाद्यान्न सामाग्र र कपडालत्ता वितरण गरेको छ । लायन्यस क्लब अन्तराष्ट्रिय ईमेर्जेन्सी ग्राण्डको सहयोग रिजन ४० द्धारा नगरपालिका १ सहुवा टिकरका बाढि पिडितहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको हो । लायन्स क्लब अफ रामग्रामको आयोजनामा सहुवा टिकरका ८० घर परिवारलाई खाद्यान्न […]

आयुर्वेद अौषधालयद्वारा पत्रकार्हरुलाइ च्यवनप्रास बितरण

परासी ४ असार। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.६ गुठी परसौनीमा अवस्थित आयुर्वेद अौषधालयद्वारा क्रियाशिल पत्रकारहरुलाई आयुर्वेद अौषधी उपलब्ध गराएको छ । प्रतापपुर गाउँपालिका क्षेत्रभित्रका ७ जना क्रियाशिल पत्रकारहरुलाई रोग प्रतिरोधक क्षमता बढाउनको लागि उपलब्ध गराएको हो । जिल्लामा कोरोना भाईरसको संक्रमितको संख्या बढे पछि संक्रमण विरुद्ध लडाईमा अग्रसर भै काम गरिरहेका ति पत्रकारहरुलाई बिहीबार […]