परासी, १९ वैशाख । आरती एग्रो ईण्डष्ट्रिज प्रालि सरावल नवलपरासीले रामग्राम नगरपालिका क्षेत्रका असहाय अपाङ्गता भएकाहरु व्यक्तिहरुको लागि राहत सहयोग गरेको छ । रामग्राम नवजीवन अपाङ्ग नगर कमिटीमार्फत २५ घरपरिवारका लागि खाद्यन्न सहयोग गरिएको हो ।
उद्योगका अध्यक्ष नगेन्द्र अग्रहरीले नवजीवन अपाङ्ग नगर कमिटीका अध्यक्ष रामबहादुर मुल्मी र अपाङ् खेलकुद समितिका अध्यक्ष नारायण कुर्मीलाई आज उक्त खाद्यन्न राहत सामग्री हस्तान्तरपण गर्नुभएको हो ।
लकडाउन लम्बिदैँ जाँदा दैनिक छाक टार्न समस्या भोगिरहेका अपाङ्ता भएका व्यक्तिलाई प्रति घरपरिवार दश किलो चामल र पाँच किलो चिउराको दरले उपलब्ध गराएको अग्रहरीले बताउनुभयो । उक्त अवसरमा उद्योगका सञ्चालक धीरज शर्मा, मनोज गिरी, प्रबन्धक गोपाल नेपाल, नागरिक समाजका अगुवा शम्भु उपाध्याय, स्वतन्त्र राजनीतिक समूहका जिल्ला संयोजक राधेरमण पाण्डे लगायतको पनि उपस्थिति रहेको थियो ।
यसअघि पनि आरती एग्रो इण्डष्ट्रिज प्रालिले लकडाउनका कारण अतिविपन्न तथा मजजुर वर्गको लागि सुनवल नगरपालिकालाई रु एक लाख २० हजार सहयोग प्रदान गरेको थियो । उद्योगी अग्रहरी नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष हुनुहुन्छ ।