बर्दघाट कार दुर्घटनामा परि एकको मृत्यु २ घाईते

0
177

बर्दघाट, १८ बैशाख । नवलपरासीको बर्दघाटबाट त्रिवेणी जाँदै गरेको कार बर्दघाट–१६ केराबारीमा दुर्घटना हुँदा संचार उद्यमी ४४ बर्षीय हरिकृष्ण भुर्तेलको मृत्यु भएको छ । उनीसंगै कारमा सवार अन्य दुई जना घाइते भएका छन् । बिहीबार साँझ भएको दुर्घटनामा बा १२ च २००९ नम्बरको कारका चालक भुर्तेलको मृत्यु भएको हो ।

दाउन्ने स्पेश नेटवर्क प्रालिका संचालक समेत रहेका भुर्तेल एक सफल केबल टेलिभिजन संचालक रहेका छन् । उनको मृत्युमा यतिबेला बर्दघाट बजार नै शोकमा डुबेको छ । त्यस्तै दुर्घटनामा बर्दघाट नगरपालिका ४ निवासी रामप्रसाद पाण्डे र गोकर्ण शर्मा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ ।

तीव्रगतिमा रहेको कार अनियन्त्रित हुँदा बिजुलीको पोलमा ठोक्किएको जनाइएको छ । घाइतेलाई उदृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार मोटरसाइकलले झुक्याएको कारण घटना भएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here